Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सानुकाजी थापाका चार मुक्तकहरु

सानुकाजी थापाका चार मुक्तकहरु

सानुकाजी थापा

१३, कार्तिक २०७७
सानुकाजी थापाका चार मुक्तकहरु
images

विवेकी हुँ भन्थ्यौ तिमी 
विवेक तिम्रो कता गयो 
हुँदाहुँदै अहिले त सिंग र जुरो पनि आयो 
पशु हौ कि मान्छे छुट्याउनै गाह्रो भयो 

images
images

......................1............................

बाउबाजेले भन्थे कलियुग आयो कलियुग आयो
यो कस्तो कलिरहेछ पशु र मान्छे पनि छुट्याउनै गाह्रो भयो
यता जान्छु उता जान्छु तिम्रै कुरा सुन्छु
सोच विचार गर्छु छुट्याउनै सक्दिन पशु नै रछौ क्यारे भन्छु 

......................2............................

यसो गर्छौ उसो गर्छौ आफ्नै भुँडी भर्छौ
तिम्रो धुरीबाटै काग कराउँछ सबलाई दंग पार्छौ
गिर्न सम्म गिर्यौ तिमी अझै कति गिर्छौ
भ्रष्टाचारी घुस्याहाको बिल्ला किन भिर्छौ

......................3............................

सुनेको छु विहान विहान मन्दिर पनि जान्छौ अरे
घरीघरी मन्दिरमा माथा पनि टेकाउँछौ रे
मन्दिर गई शंख अनि घण्टा पनि बजाउँछौ रे
लोकलाई देखाउनलाई धर्मात्मा बनेको नाटक पनि गर्छौ रे

......................4............................

आँबुखैरेनी बजार, तनहुँ

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १७:५२:३८ बजे

सानुकाजी थापा

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology