Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पहिचान लुकाएर भरतपुरका युवाहरुले गरे इच्छाकामना माथिल्लो चनौटेका विपन्न भुजेल परिवारलाई खाद्यान्न सहयोग

पहिचान लुकाएर भरतपुरका युवाहरुले गरे इच्छाकामना माथिल्लो चनौटेका विपन्न भुजेल परिवारलाई खाद्यान्न सहयोग

इच्छाकामना न्युज

५, आषाढ २०७८
पहिचान लुकाएर भरतपुरका युवाहरुले गरे इच्छाकामना माथिल्लो चनौटेका विपन्न भुजेल परिवारलाई खाद्यान्न सहयोग
images

चनौटे, ५ असार । भरतपुर महानगरपालिका चितवनका ७ जना युवाहरुद्वारा आफ्नो पहिचान लुकाएर खाद्यान्न सहयोग गरेको छ। उनीहरुले इच्छाकामना ६ माथिल्लो चनौटेका ४६ घर  बिपन्न भुजेल परिवारलाई आज खाद्यान्न सामाग्री सहयोग गरेको हो। 

images
images

कोभिड १९ कोरोना भाइरसको कारण देश लकडाउ भएको लामो समय बितिसक्दा समेत उचित राहत नपाएका बिपन्न भुजेल परिवारलाई सहयोग गरिएको नाम नबताउने सर्तमा सहयोग गर्ने मध्यका एक युवाले जानकारी दिए।

राहात बितरण कार्यक्रम वडानम्बर ६ का वडा सदस्य रामजी घर्ती भुजेलको उपस्थितिमा इच्छाकामना वडा ५ का समाजसेवी बिनोद बाग्दासको समन्वय तथा कृष्ण शेरचन, प्रकाश त्रीपाठी, किरण कुवँर लगायतका युवाहरुको सहायतामा सम्पन्न भएको थियो।

४६ घरधुरीलाइ बितरण गरिएको राहात सामाग्रीमा चामल, तेल, नुन, चिनी,  आलु, सोयाबिन, नुहाउने साबुन, माक्स लगायतका सामाग्री हरु रहेका थिए।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - २१:००:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology