Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कुहिएको मासु र म्याद नाघेको दाना बेच्दै आँबुखैरेनीको मनकामना दाना पसल

कुहिएको मासु र म्याद नाघेको दाना बेच्दै आँबुखैरेनीको मनकामना दाना पसल

कुहिएको ३१ किलो ब्रोईलर कुखुराको मासु जफत गरि नष्ट गरियो

इच्छाकामना न्युज

८, आषाढ २०७८
कुहिएको मासु र म्याद नाघेको दाना बेच्दै आँबुखैरेनीको मनकामना दाना पसल
images

आँबुखैरेनी, ८ असार । जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी बजारमा रहेको विभिन्न पसलहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालको नेतृत्वमा आएको बजार अनुगमन टोलिले आँबुखैरेनी बजारमा रहेका फ्रेस हाउस, दाना पसल, मिनि मार्ट तथा भेटेनरी पसलहरुको आज अनुगमन गरेको हो।

images
images

अनुगमनका क्रममा मनकामना दाना पसलबाट सडे गलेर कुहिएको अवस्थामा रहेको ३१ किलो ब्रोईलर कुखुराको मासु र म्याद नाघेको ३४ किलो कुखुरालाई खुवाउने दाना जफत गरेको छ । जफत गरिएको सडे गलेको ब्रोईलर कुखुराको मासु र म्याद नाघेको कुखुरालाई खुवाउने दाना तत्काललै खाडल खनी नष्ट  गरिएको छ । 

202775444_1711150972408788_3096503421322309874_n.jpg

यस्तै न्यु श्रेष्ठ मिनि मार्टबाट केही सामान स्याम्पलको लागि नियन्त्रणमा लिइएको र एम आर पि मूल्य भन्दा प्रिन्टेट मुल्य बढि राखेर सामान बिक्रीवितरण गरिएको पाईएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा आएको बजार अनुगमन टोलिमा वरिष्ठ पशु चिकित्सक अधिकृत बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष पुर्ण बहादुर आले, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशन्न पोखरेल, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी सहायक निरीक्षक रबि थापा, भेटेनरी अस्पतालका प्रतिनिधि डिल्लीराम पोखरेल लगाएतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा मनोज रेग्मीले जानकारी दिनुभयो ।

202773785_1711151019075450_355952819276890220_n.jpg

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:०३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology