Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचारका लागि प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङद्वारा ६० हजार भन्दा बढि सहयोग प्रदान

इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचारका लागि प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङद्वारा ६० हजार भन्दा बढि सहयोग प्रदान

इच्छाकामना न्युज

८, आषाढ २०७८
इच्छाकामना बाँसपुरका राममाया गुरुङको उपचारका लागि प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङद्वारा ६० हजार भन्दा बढि सहयोग प्रदान

चितवन, ८ असार । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।

images

विगत एक बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ । कास्की नेपाल घर भएका हाल प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङले रु ६१ हजार ४८० रुपैयाँ सहयोग गर्नुभएको छ।

यस अघि चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङ लण्डनबाट ७५हजार हजार दुर्गाराज गुरुङले २७ हजार , खिम गुरुङले अमेरीकाबाट रु १० हजार प्रकाश गुरुङ दुबैबाट रु १० हजार , थानेश्वर गुरुङ यूकेबाट रु ५ हजार , भीषम गुरुङले हाल साउदीबाट रु ३ हजार ८४५ सहयोग गर्नुभएको हा सहयोग गर्नुभएको छ ।

पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।

आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।

उहाँको उपचारका लागि सहयोग गर्न चाहनेहरुले ९८६५०८०३५४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:२७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology