Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना गाउँपालिकामा आव २०७५/७६ मा ५ करोड बढि बेरुजु, झण्डै ४ करोड रूपैयाँ पेश्की बेरुजु

इच्छाकामना गाउँपालिकामा आव २०७५/७६ मा ५ करोड बढि बेरुजु, झण्डै ४ करोड रूपैयाँ पेश्की बेरुजु

वडा नं. ३ का वडाध्यक्ष गोवर्धन अधिकारीलाई दोहोरो सुविधा 

पत्रपत्रिका

९, आषाढ २०७८
इच्छाकामना गाउँपालिकामा आव २०७५/७६ मा ५ करोड बढि बेरुजु, झण्डै ४ करोड  रूपैयाँ पेश्की बेरुजु

कुरिनटार, ९ असार । इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ मा ५ करोड बढी बेरूजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले आव ०७५/७६ मा इच्छाकामनाको अन्तिम लेखापरीक्षण गरी ५ करोड एक लाख २३ हजार रूपैयाँ बेरूजु औँल्याएको छ । सोमध्ये असुल गर्नुपर्ने २७ लाख ४५ हजार, नियमित गर्नुपर्ने ३३ लाख ८५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४९ लाख ९३ हजार र पेश्की ३ करोड ९० लाख रूपैयाँ रहेको छ ।

images

प्रतिवेदनअनुसार ऐनमा व्यवस्था नै नभएको अवस्थामा समेत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले सुविधाबापत २१ लाख ७५ हजार रूपैयाँ लिएका छन् । सोमध्ये बैठक भत्तामा मात्रै ७ लाख ७५ हजार ५०० रूपैयाँ खर्च भएको छ ।

Screenshot-2021-06-23-at-05.53.05-1536x892.png

Screenshot-2021-06-23-at-05.53.42-1536x423.png

गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले नियमविपरीत दसैंँ खर्चसमेत लिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा गाउँसभाका सदस्यहरु गरी ३८ जना पदाधिकारीले मासिक सुविधाबाहेक दसैँ खर्च भनी ४ लाख ९२ हजार ३० रूपैयाँ लिएको महालेखाको लेखापरीक्षणले देखाएको छ ।

Screenshot-2021-06-23-at-05.54.25.png

सरकारी सेवाबाट निवृत्तिभरण लिइरहेका निर्वाचित जनप्रतिनिधिले निवृत्तिभरण वा निर्वाचित जनप्रतिनिधिको मासिक सुविधामध्ये कुनै एकमात्र रोज्नुपर्ने कानुनी व्यवस्था छ । निवृत्तिभरण लिइरहेका गाउँपालिका वडा नं–३ का अध्यक्ष गोवर्धन अधिकारीलाई भने दोहोरो सुविधाबापत मासिक २० हजारका दरले एक वर्षको दुई लाख ४० हजार रूपैयाँ दिइएको प्रतिवेदनमा उल्लेख छ । वडाध्यक्ष अधिकारीलाई दिइएको दोहोरो सुविधाबापतको उक्त रकम असुल गर्नुपर्ने देखिन्छ ।

Screenshot-2021-06-23-at-05.54.37.png

त्यसैगरी, तीन जना लाभग्राहीलाई दोहोरो भत्ता दिइएको २४ हजार रूपैयाँ सञ्चित कोषमा दाखिला गर्न महालेखाले भनेको छ । कार्यविधिविपरीत ८ कर्मचारीलाई अतिरिक्त सुविधाबापत १ लाख ८७ हजार रूपैयाँ दिइएको देखिएको छ ।

Screenshot-2021-06-23-at-05.51.05-1536x502.png

आन्तरिक चालू शीर्षकबाट आन्तरिक अवलोकन भ्रमणमा ७ लाख ८५ हजार रूपैयाँ खर्च गरिएको छ । यस्तो खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखाले भनेको छ ।

मनकामना दर्शन प्रालिले आव ०७५र७६ अघि तीन वर्षमा बिक्री गरेको टिकटको आधारमा गाउँपालिकाले मनकामना दर्शन प्रालिसँग टिकट दस्तुर र सामाजिक उत्तरदायित्वसमेतको रकम १ लाख २४ हजार ७५६ रूपैयाँ असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ ।

दुईवटा विद्यालयका शिक्षकहरुका लागि तलब निकासा गर्दा बढी निकासा गरिएको भन्दै महालेखाले बढी निकासा भएको ११ लाख ९७ हजार ८२९ रूपैयाँ संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने बताएको छ ।

Screenshot-2021-06-23-at-06.05.58-1536x485.png

विद्यालयलाई बढी निकासा राष्ट्रिय आधारभूत विद्यालय बल्र्याङ, चनौटे र भाराङमा बास सहितको शौचालय निर्माण गरिएको छ । त्यसका लागि लागत अनुमान तयार गरी काम गराइएकोमा काम सम्पन्न भइसकेपछि लागत अनुमानमा उल्लेख भएभन्दा बढी काम भएको भन्दै ५ लाख ७५ हजार ३१२ रूपैयाँ बढी भुक्तानी भएको देखिन्छ । भेरियसन आदेश नभएको उक्त रकम सम्बन्धित विद्यालयबाट असुल गर्न महालेखाले भनेको छ ।

Screenshot-2021-06-23-at-06.05.04-1536x915.png

स्थानीय निकाय स्रोत परिचालन निर्देशिकाविपरीत स्थानीय निकायको परिषद्बाट स्वीकृतिसमेत नलिई कार्यपालिका तथा सभाका सदस्यलाई १३ महिना तलब भनी १९ लाख ६३ हजार रूपैयाँ दिएको देखिन्छ । उक्त खर्च नियमसम्मत नभएको महालेखाले बताएको छ ।

Screenshot-2021-06-23-at-06.14.07-1536x362.png

चितवन पोष्ट दैनिकबाट

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ११:०९:२१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology