Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन गाउँपालिकाको गाउँसभा सम्पन्न आगामी आवका लागि साढे ६१ करोडको बजेट प्रस्तुत

गोरखाको शहिद लखन गाउँपालिकाको गाउँसभा सम्पन्न आगामी आवका लागि साढे ६१ करोडको बजेट प्रस्तुत

इच्छाकामना न्युज

९, आषाढ २०७८
गोरखाको शहिद लखन गाउँपालिकाको गाउँसभा सम्पन्न आगामी आवका लागि साढे ६१ करोडको बजेट प्रस्तुत

घैरुङ, ९ असार । गोरखाको शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले प्रस्तुत गरेका हुन् ।

images

गाउँपालिकाले पूर्वाधार तर्फ संघीय सरकारसँगको साझेदारीमा देउराली ओयाक रानीस्वाँरा तीनघरले चिसापानी तीनमाने सडक स्तरोन्नतिका लागि दुई करोड आठ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भबनका लागि दुई करोड, वडा नम्बर १ र ९ को नयाँ भबन निर्माणका लागि बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले बताए । ती दुईवटा वडामा भबन बनेपछि शहीदलखन गाउँपालिका भित्रका सबै वडामा नयाँ भबन हुने उनले बताए ।

202756577_4264951003527242_2263175232884248182_n.jpg

सबै वडाका एक/एक वटा मूख्य सडकलाई गौरबको योजनाका रुपमा बजेट बिनियोजन गरिएको छ । शहीदलखन किल्ला चुलेभीर भ्यूपार्क, मनकामना केबलकारको माथिल्लो चेरेसदेखि मन्दिरसम्म ढुङ्गा बिछ्याउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।
गाउँपालिकाले गणीत सुधार वर्षको रुपमा विद्यालयहरुमा अतिरिक्त कक्षा संचालन गर्ने र शिक्षकलाई प्रोत्साहन गर्ने भएको छ ।

जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य जाँच, गर्भवती महिलाको स्थानीय स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा दिने नीति गाउँपालिकाले लिएको छ । कम्तिमा एउटा स्वास्थ्य संस्थाबाट फार्मेसी सेवा सुरु गर्ने, २४ सै घण्टा सेवा दिने रणनीति बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।

202898959_4264950020194007_7360994197122065356_n.jpg

शहीदलखन गाउँपालिकाले रासायनिक मलमा अनुदान, ब्यवशायिक रुपमा जग्गा भाडामा लिई खेती गर्ने किसानलाई जग्गाभाडामा २५ प्रतिशत अनुदान, रैथाने बाली संरक्षण कार्यक्रम, वडा नम्बर ६ र ९ मा भैँसी पालक पकेट कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

ह्याचरी सुरु गर्ने सहकारीलाई अनुदान दिने, लक्षित बर्गको क्षमता अभिवृद्धि, महिला बिकास र सामाजिक बिकासको क्षेत्रमा पनि गाउँसभाले बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रमेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - २०:१७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology