Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जन्मदिनको अवसरमा धादिङ बेनिघाट रोराङका ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा धादिङ बेनिघाट रोराङका ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

इच्छाकामना न्युज

१८, आषाढ २०७८
जन्मदिनको अवसरमा धादिङ बेनिघाट रोराङका ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

धादिङ, १८ असार । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् ।  बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।  

images

आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए । संञ्चार माध्यमबाट चेपाङ समुदायका खाधान्य समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु कति सहयोग गप्यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको बताए ।  

अध्यक्ष ढकालले यस अधि पनि भूकम्प गएको बखत धादिङ जिल्लाको धुसामा सहयोग गरेको स्मरण गदै संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।  अध्यक्ष ढकालले आफु सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धीत भई नेतृत्व बिकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताए ।  

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने बताए । उनले यस किसिमको सहयोगले समाजमा बिभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिदै गाउपालिकामा दुःख पर्दा सम्झेकोमा आभार ब्यक्त गरे ।  

उपाध्यक्ष सिलवालले राहत बितरण कार्यक्रम एकद्धार प्रणाली अन्तरर्गत भएको जानकारी दिदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको बताए ।  

यो सहयोगले परिवारलाई केहि दिनका लागी भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यन्न वितरण गरेकामा अध्यक्ष ढकाललाई धन्यबाद दिए । कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली मध्ये काली सुनार, तेज कुमारी सुनार, मैया सुनार, सेती सुनार निर्मला सुनवार लगायत ३५ परिवारलाई खाधान्य वितरण गरिएको छ ।

सोअवसरमा बेनीघाट रोराङ गाउँपालिका बडा नं ५ अध्यक्ष रोसन कुमार सिलबाल, प्रमुख शासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल, पशुराम घिमिरे, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा , मनोज कुमार सुर्खेति  धादिङ अस्पातालको डा।सदिक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो राहत बितरणको संयोजन बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गरेका थिए ।  

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:२५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology