Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नौबिसे सडकखण्डको हुग्दिखोला नजिकै तिघ्रनमा पहिरोले ट्रक पुर्‍यो, १ जनाको मृत्यु

मुग्लिन–नौबिसे सडकखण्डको हुग्दिखोला नजिकै तिघ्रनमा पहिरोले ट्रक पुर्‍यो, १ जनाको मृत्यु

इच्छाकामना न्युज

१९, आषाढ २०७८
मुग्लिन–नौबिसे सडकखण्डको हुग्दिखोला नजिकै तिघ्रनमा पहिरोले ट्रक पुर्‍यो, १ जनाको मृत्यु

धादिङ, १९ असार । अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिंदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको हो । पहिरोले चारवटा सवारी पनि पुरेको छ ।

images

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट काठमाडौं आउन लागेका सवारी साधनहरु नरायणगढमै रोकिएका छन् । राजमार्गमा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

निरन्तर वर्षा भैरहेकाले राजमार्गमा पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ परेवाटारमा पनि ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०८:५३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology