देवघाट, २१ असार । लायन्स तथा लियो क्लव अफ भलवारी सिटिले संयुक्त रुपमा देवघाटका विपन्न ५५ भुजेल परिवारलाई खाद्यान्न वितरण गरेको छ। क्लवले आईतबार गाउँपािलकाको वडा नम्बर १ बसेनिटारका भुजेल समुदायका आर्थिक अबस्था कमजोर भएका ५५ घरधुरी परिवारलाई खाद्यान्न वितरण गरेको हो।
लायन्स जिल्ला ३२५ बि २ नेपालका District Governor PMJF Lion राम प्रसाद भट्टको प्रमुख आतिथ्यता तथा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा मार्फत एक कार्यक्रमको आयोजना गरी क्लवले खाद्यान्न वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला ३२५बि २ नेपालका District Governor PMJF Lion राम प्रसाद भट्टले कार्यक्रममा बोल्दै भलवारीको लियो र लायन्स क्लबले नेपालको एक पुन्य भुमि देवघाटमा आई राहत वितरण गरेकोमा लियो र लायन्स क्लब खुशी व्यक्त गर्दै आभार प्रकट गरे।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रमको सम्बोधन गर्दै बोल्दै बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी मजदुरहरुको लागी लक्ष्यित राहत हस्तान्तरण हरेकोमा लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिलाई खुशी हुँदै धन्यवाद दिए साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि यसरी नै समन्वय गरि अगाडी बढ्ने बताए।
विशिस्ट अतिथी Lion प्रकाश पपण्डितले लायन्स क्लब र लियो क्लब अफ भलवारी सिटिले गरेको पहिलो कार्यक्रम बर्षकै सर्वोउत्कृष्ट कार्यक्रम मध्य एक हुने दावी गर्दै बर्ष २०२१/२२ का लागि शुभकामना दिए। कार्यक्रमका संयोजक लियो क्लबका कमल आर्यालले देवघाट क्षेत्रमा पुगि राहत वितरण गर्न पाउदा खुशी व्यक्त गर्नुभयो साथै आगामी दिनहरुमा पनि समन्वय गरि सहयोग गर्ने बताए।
५५ घरधुरी परिवारको लागि करिब एक लाख पचास हजार बराबरको चामल ,दाल,तेल,नुन,चिउरा,भुजा साबुन रहेको लियो क्लब अब भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रबिन जोशीले जानकारी दिए।
कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट गाउँपालिका प्रशासन साखा अधिकृत गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट लाइन्स क्लबका अध्यक्ष दधिराम सापकोटा, देवघाट लाइन्स क्लबका प्रथम उपाध्यक्ष होम बहादुर भारती, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएको उपस्थिति रहेको थियो भने लायन्स क्लब अफ भलवारी सिटी लायनका गणेश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।