Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको देवघाटमा अज्ञात रोगका कारण एउटै फार्मका ५३ बाख्रा मरे

तनहुँको देवघाटमा अज्ञात रोगका कारण एउटै फार्मका ५३ बाख्रा मरे

रासस

२५, आषाढ २०७८
तनहुँको देवघाटमा अज्ञात रोगका कारण एउटै फार्मका ५३ बाख्रा मरे
images

चितवन, २५ असार । देवघाटको एक व्यावसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रूपमा बाख्रा मरेका हुन् । पछिल्लो दिनमा यो सङ्ख्या बढ्दो छ ।

images
images

देवघाट गाउँपालिका–५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका–९ निवासी भट्टराईले गतवर्षको असोजदेखि बाख्रा फर्म शुरु गर्नुभएको हो ।

उहाँका अनुसार माउ बाख्रा बढी सङ्ख्यामा मरेका छन् । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।” अहिले पनि सात वटा बाख्रा बिरामी भएको उहाँले जानकारी दिनुभयो ।

फर्ममा ११० वटा बाख्रा रहेका थिए । रु ४० लाख लगानी गरेर फर्म शुरु गरेको भन्दै उहाँले भन्नुभयो, “रु २२ लाखभन्दा बढी मूल्यका बाख्रा मरिसके । अझै रोगको पहिचान हुन सकेको छैन ।” विज्ञले रगत घट्ने र हेमोग्लोबिन कम हुने समस्या रहेको जनाएको उहाँले बताउनुभयो । टेलिफोनमा उहाँले भन्नुभयो, “बाख्रालाई रगत दिनका लागि अनुमति लिन अहिले भेटेनरी कार्यालय भरतपुर आएको छु ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनबाट बाख्राको शव परीक्षण गरी नमूना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको कार्यालयले जनाएको छ ।

बाख्राको रगत र स्वाब सङ्कलन गरेर काठमाडौँ पठाएको १४ दिन भए पनि अहिलेसम्म नतिजा नआएको उहाँको भनाइ छ । जुनजुन बाख्राको नमूना पठाइयो, ती बाख्रा मरिसकेको उहाँले बताउनुभयो । बाख्रालाई १०८ डिग्रीसम्म ज्वारो आउने खान छाड्ने र क्रमशः शिथिल भएर मर्ने गरेका छन् ।

व्यावसायिक बाख्रा पालन गरे पनि बीमा परिपक्क भई नसकेकाले जोखिम आफैले बहन गर्नुपरेको दुखेसो उहाँले पोख्नुभयो । हालसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा सहयोग अनुरोध गरेको भए पनि पाउन नसकेको भट्टराईको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २२:०७:१६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology