Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गृह र योजना मन्त्रालय माग्दै आएका दिपक मनाङ्गेलाई अन्तिममा युवा मन्त्रालयको जिम्मेवारी

गृह र योजना मन्त्रालय माग्दै आएका दिपक मनाङ्गेलाई अन्तिममा युवा मन्त्रालयको जिम्मेवारी

इच्छाकामना न्युज

२७, आषाढ २०७८
गृह र योजना मन्त्रालय माग्दै आएका दिपक मनाङ्गेलाई अन्तिममा युवा मन्त्रालयको जिम्मेवारी
images

पोखरा, २७ असार । गण्डकी प्रदेशका विना विभागीय मन्त्री दिपक मनाङ्गे (राजिब गुरुङ) ले आज युवा मन्त्रीको रुपमा कार्यभार सम्हालेका छन् गृहमन्त्रालय र भौतिक योजना मन्त्रालयको दाबी गर्दै आएका मनाङ्गेले तीन महिनामा तेस्रो पटक सो मन्त्रालय सम्मालेका हुन् ।

images
images

इज्जत बचाउनुपर्छ भनेर भौतिक मन्त्रालयको दाबी छोडेको मनाङेको भनाइ थियो। ‘पैसा खान ठूलो मन्त्रालय मागेजस्तो देखियो,’ उनले भने, ‘इज्जत बचाउनुपर्छ भनेर छोडेको । भोलि यही कुरालाई एक्सपोज गर्दिए सकिन्छौँ ।’ उनले संसद विघटन हुन नदिन पृथ्वीसुब्बा गुरुङको साथ छोडेको पनि दोहो¥याए । कार्यभार सम्हाल्दै मनाङ्गेले निर्वमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रशंसा पनि गरे ।

‘पृथ्वी सुब्बा दाइले एकदम चेक एण्ड ब्यालेन्स गर्थ्यो । विज्ञसँग सोध्थ्यो,’ उनले भने, ‘ठूलो नेतालाई गएर तपाईँको मान्छेले सरकार चलाउन सक्दैन, डिस्टर्ब गर्न भएन भनेको हो ।’

निवर्तमान मुख्यमन्त्रीको प्रशंसा गरेका उनले आफनो सरकारप्रति भने असन्तुष्टि व्यक्त गरे । सरकार बनेको एक महिनासम्म पनि पूर्णता दिन नसकेकोमा मनाङे असन्तुष्ट सुनिएका हुन् ।

‘केन्द्रको समस्याले गर्दा प्रदेशमा खेल खेल्दियो। कांग्रेसले कहिले पनि पृथ्वीसुब्बाको प्रोजेक्टमा हुँदैन भनेकै छैन,’ मनाङेले भने, ‘सरकार बनेको एक महिना हुन लागिसक्यो, अझै समस्या छ ।’

आज बिना विभागीय दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए पनि सरकारले पूर्णता पाउन भने अझै सकेको छैन। ११ मन्त्रालय रहेको प्रदेशमा ४ मन्त्रीको जिम्मेवारी छिनोफानो लागेको हो ।

अझै सात वटा मन्त्रालयको टुंगो लगाउन बाँकी नै छ । प्रदेशमा एक मन्त्रालय थपेर १२ मन्त्रालय पु¥याउने सम्भावना पनि कायमै छ । मन्त्रीका आकांक्षी धेरै भएकाले थप एक मन्त्रालय बढाउन खोजिएको हो । प्रदेशको बजेट पारित भएपछि मुख्यमन्त्रीले सरकारलाई पूर्णता दिलाउने बताउँदै आएका छन् ।

जनता समाजवादीबाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा, जलश्रोत तथा सिचाँई मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

गत २९ जेठमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको सरकारमा पोखरेलसहित चार जनाले विभागीय जिम्मेवारी बिना नै मन्त्रीको शपथ लिएका थिए । यी मध्ये २ जनाले असार १३ गते मन्त्रालयको जिम्मा सम्हालेका थिए ।

कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालय र नेकपा (माओवादी)बाट मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको कार्यभार लिएका थिए।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २०:२२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology