मुग्लिन, २८ असार । पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक झण्डै १५ घण्टापछि सुचारु भएको छ। बिहान साढे ४ बजे गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर अहिले साँझ साढे ७ बजेबाट दुईतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
सडक अवरुद्ध हुदाँ १५ किलोमिटर भन्दा बढि गाडी लाम लागेको थियो भने हज्जारौ यात्रुहरु अलपत्र परेका थिए। पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्ड आसपास निरन्तर वर्षा हुने र पहिरो जाने क्रम बढेसँगै पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ।
तस्विर सौजन्यः विनोद श्रेष्ठ