Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

श्रीमती सहित दुई छोरीलाई समेत जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ

श्रीमती सहित दुई छोरीलाई समेत जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ

इच्छाकामना न्युज

२८, आषाढ २०७८
श्रीमती सहित दुई छोरीलाई समेत जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ
images

सन्धिखर्क, २८ असार । आगलागीबाट ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय पाएका फरार अभियुक्त ६ वर्षपछि चितवनबाट पक्राउ परेका छन् ।

images
images

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उनलाई गत शुक्रबार अर्थात् असार २५ गते पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोकमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।

अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

घटना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भूमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले अत्यधिक मदिरा सेवन गरी मात्तिएर घरमा आगो लगाइ छोरी र श्रीमतीलाई जलाउने प्रयास गरेका थिए ।

घटना लगत्तै भूमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । केही दिनपछि धरौटीमा छुटेका तुलबहादुर जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सनाएको थियो । त्यसपछि उनी फरार थिए ।

साँझ ५ बजेतिर अत्यधिक मदिरा सेवन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मार्न भनी राति आफ्नै घरमा आगो लगाएका थिए ।

फोटो: प्रेमनारायण आचार्य, अन्नपूर्ण

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २०:२८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology