Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ५ तलाको ‘आँबुखैरेनी कम्प्लेक्स’को निर्माण गर्ने, अध्यक्ष थापाद्वारा आज शिलान्यास

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ५ तलाको ‘आँबुखैरेनी कम्प्लेक्स’को निर्माण गर्ने, अध्यक्ष थापाद्वारा आज शिलान्यास

इच्छाकामना न्युज

३०, आषाढ २०७८
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ५ तलाको ‘आँबुखैरेनी कम्प्लेक्स’को निर्माण गर्ने, अध्यक्ष थापाद्वारा आज शिलान्यास
images

आँबुखैरेनी, ३० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले व्यावसायीक प्रायोजनका लागि ५ तले बहुद्देश्यीय भवन निर्माण गर्ने भएको छ। गाउँपालिकाले आन्तरिक आयमा वृद्वि गर्ने उद्देश्यका साथ उक्त बहुद्देश्यीय भवन निर्माण गर्ने भएको हो। 

images
images

आँबुखैरेनी कम्प्लेक्स नामाकरण गरिएको उक्त भवनको आज गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । करिब ४९३.५८ वर्ग क्षेत्रफल हुने कम्प्लेक्स ५ तलाको निर्माण हुनेछ ।

IMG_8391.jpg

बहुवर्षिय योजना अन्तर्गत निर्माण हुने भवनको लागत करिब १३ करोड ७४ लाख १ हजार ७ सय ८१ रुपैयाँ ३० पैसा अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। जसमध्य हाल पहिलो चरणमा ३ करोड ५७ लाख ८९ हजार ८ सय उनानअसी रुपैयाँ बराबरको ठेक्का लगाइएको उनले बताए।

उक्त रकमबाट पहिलो चरणमा ३ तलासम्मको फ्रेम स्ट्रक्चर निर्माण हुनेछ । पहिलो चरणको काम श्री ज्ञान ज्योति विल्डर्स प्रा. लि. काभ्रेले २ करो ३९ लाख ८८ हजार ७ सय ७८ रुपैयाँ ७७ पैसामा ठेक्का पारेको छ । कम्पनीले २०७९ साल कार्तिक १५ गते भित्रमा पहिलो चरणको काम सकिसक्नुपर्नेछ। 

कम्प्लेक्सको सम्पूर्ण लागत गाउँपालिकाले आन्तरिक स्रोतबाट निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - ११:३५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology