Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिद लखन ८ छापथोक हटियाका २३ जनामा कोरोना संक्रमण देखियो

गोरखाको शहिद लखन ८ छापथोक हटियाका २३ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामना न्युज

३१, आषाढ २०७८
गोरखाको शहिद लखन ८ छापथोक हटियाका २३ जनामा कोरोना संक्रमण देखियो
images

शहिद लखन, ३१ असार । गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा आज २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

images
images

संक्रमित मध्ये १३ महिला र १० जना पुरुष छन् । सोही ठाउँका एक जना कृषिका कर्मचारीमा पिसिआर पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

‘पोजेटिभ रिपोर्ट आएकाहरुमा कोरोना सँग मिल्दोजुल्दो लक्षण थियो’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ‘शुक्रवार स्क्रिनिङ गरेर शनिवार पिसिआर गर्ने योजना बनाएका छौँ ।’

 

images
प्रकाशित मिति :आषाढ ३१, २०७८ बिहिवार - २१:००:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology