कुरिनटार, १ साउन । चितवनको इच्छाकामना गाउँपालिकाको खोपकेन्द्रहरुबाट आजदेखि कोरोना खोप लगाउन सुरु हुने भएको छ। गाउँपालिकाको ९ वटा खोपकेन्द्रहरुबाट कोरोना खोप लगाउन सुरु हुने भएको छ।
खोप लगाउन सुरु भएको पहिलो र दोस्रो दिन ५५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाईनेछ भने तेस्रो दिन फ्रन्ट लाईनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, शिक्षक लगायत प्राथमिकताका आधारमा लक्षित वर्गलाई लगाईने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिए। प्रमुख देवकोटाका अनुसार यसपटक इच्छाकामनामा लक्षित वर्गलाई लगाउन पुग्ने गरी खोप आएको छ।