आँबुखैरेनी, १ श्रावण । आँबुखैरेनीका स्थानीय युवा एवं वडा नं. ३ का वडासदस्य दिनेश केसिले आफ्नो ३२ औं जन्मदिनको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई नगद र खाद्यान्न सामाग्री सहयोग गरेका छन्।
उनले आज परेको आफ्नो जन्मदिनको अवसर पारेर कृष्ण प्रणामी मन्दिर आश्रमलाई २ बोरा चामल, १३ केजि दाल, ५ लिटर तेल, दुबै मृगौला पीडित शिक्षक बुद्धि बहादुर थापालाई नगद ५ हजार ५ रुपैयाँ र घर निर्माणको लागि नानी मैयाँ श्रेष्ठलाई नगद ३ हजार २० रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। पछिल्लो समयमा युवा समाजसेवी तथा वडा सदस्य केसी विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आउनुभएको छ ।