Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा शहिद लखन गाउँपालिकाका नामजुङवासीले तिर्दैनन् जग्गाको तिरो

गोरखा शहिद लखन गाउँपालिकाका नामजुङवासीले तिर्दैनन् जग्गाको तिरो

इच्छाकामना न्युज

२, श्रावण २०७८
गोरखा शहिद लखन गाउँपालिकाका नामजुङवासीले तिर्दैनन् जग्गाको तिरो

 घैरुङ, २ साउन ।  यहाँ लेखिएका कुराहरु काल्पनिक कथा हाेइनन् समाचार हुन्  । सत्य र तथ्य समाचार । गाेरखा जिल्लाका ११ पालिका मध्ये शहिदलखन गाउँपालिका एउटा पालिका हाे । याे पालिका साविकका बुँकाेट, नामजुङ घैरुङ ताक्लुङ मनकामना र बक्राङ गरि ६ वटा साविकका गाउँ विकास समितिहरु मिलेर बनेकाे छ । यसकाे कुल क्षेत्रफल १४९.०३ वर्ग कि.मी. र जनसंख्या २७,५५५ रहेको छ ।

images

गाउँपालिकाको सिमानामा पूर्वमा भिमसेन थापा गा.पा., गण्डकी गा.पा. र धादिङ्ग जिल्ला, पश्चिममा गोरखा न.पा. र तनहुँ जिल्ला, उत्तरमा भीमसेन थापा गा.पा र गोरखान.पा., दक्षिणमा गण्डकी गा.पा., तनहुँ र चितवन जिल्ला रहेको छ ।

गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राह्मण, चेपाङ्ग र दलितहरुको मुख्य बसोबास रहेको छ भने अन्य जातिमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ ।

गाउँपालिकाकाे वडागत क्षेत्रफल तालिका यस प्रकार रहेकाे छ ।

सबैभन्दा थाेरै क्षेत्रफल भएकाे वडा नम्बर २  धेरै क्षेत्रफल रहेकाे वडा  नम्बर १ रहेकाे छ । वडा नम्बर ९ काे क्षेत्रफल १६.३ वर्ग किलाेमिटर रहेकाे छ । यतिका क्षेत्रफलबाट उठ्ने राजश्व कति हाेला ? लाख, हजार,;सय , रुपैयाँ ?  २०७७ साउन देखि २०७८ वैशाख मसान्त सम्म वडा नम्बर ९ नामजुङबाट तीन हजार सातसय मात्र कर सँकलन भएकाे छ । सबै भन्दा कम क्षेत्रफल भएकाे वडा नम्बर २ बाट १० लाख सङकलन हुँदा नामजुङबाट भने अत्यन्त न्युन कर सङकलन भएकाे हाे ।

कर सङकलन गर्न नसक्नु वडा कार्यालयकाे कमजाेरी भएकाे राजश्व अधिकृतहरुकाे भनाइ छ । नागरिकहरुलाइ समय मै कर तिर्न लगाउनु जनप्रतिनिधि र कर्मचारी सबैकाे दायित्व हुन आउँछ । अन्य वडाहरुकाे अवस्था सामान्य रहेपछि वडा नम्बर ९ काे भने दयनिय देखिएकाे हाे ।

वडा अध्यक्ष रामप्रसाद लामिछाने भन्छन्,  सबैलाइ कर तिर्न भनेका छाैँ तिर्न आउँदेनन् हामीले के गर्ने ? राज्यलाइ कर तिर्नु नागरिकका दायित्व हुन् तर नामजुङका नागरिकहरुले राज्य प्रतिकाे दायित्व किन विर्सेका हुन् भन्दै छिमेकी वडा नागरिकहरुले नामजुङबासीलाइ प्रश्न गरेका छन् । जमिनकाे सामान्य दस्तुर समेत नतिरेपछि व्यवसाय लगायतका करहरु झनै प्रक्रियामा नै नरहेकाे वडाकाे रेकर्डबाट देखिएकाे छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - ०९:५८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology