Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रदेश सांसद हरि बहादुर चुमानको पहलमा आँबुखैरेनीका विभिन्न योजनामा १० करोड भन्दा बढिको बजेट विनियोजन

प्रदेश सांसद हरि बहादुर चुमानको पहलमा आँबुखैरेनीका विभिन्न योजनामा १० करोड भन्दा बढिको बजेट विनियोजन

इच्छाकामना न्युज

५, श्रावण २०७८
प्रदेश सांसद हरि बहादुर चुमानको पहलमा आँबुखैरेनीका विभिन्न योजनामा १० करोड भन्दा बढिको बजेट विनियोजन
images

आँबुखैरेनी, ५ साउन । प्रदेश सांसद एवं गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका विभिन्न योजनाहरुमा १० करोड भन्दा बढिको बजेट विनियोजन भएको छ। 

images
images

सांसद चुमानले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नं १(ख) का लागि आव २०७८÷०७९ का लागि बिनियोजीत बजेट र योजनाहरु सार्वजनिक गर्दा आँबुखैरेनी गाउँपालिकाका विभिन्न २ दर्जन जति योजनाहरुमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएको हो।
सार्वजनिक योजना अनुसार सडक, पूल पूर्वाधारतर्फ आँबु–छिम्केस्वरी–हिलेखर्क–बाहुन भन्ज्याङ्ग (छिम्केस्वरी पर्यटन मार्ग) सडक निर्माणका लागि ६ करोड २५ हजार, ढकालटार चक्रपथ निर्माण (ढापटार–ढकालटार खानीखोला)का लागि ४० लाख, खहरेखोला सडकपुल र्निमाणका लागि ४० लाख, समस्तीपुर–यानचोक झोलुङ्गे पुल निर्माणका लागि ३० लाख, हिलेखर्क–खौली–प्युघर मार्गका लागि २५ लाख, जालभन्ज्याङ्ग–पुलुङ्ग सडक स्तरउन्नतीको लागि २० लाख, आबुखैरेनी १ हुदै बन्दीपुर ५ झारगाऊ मोटरमार्ग निर्माणका लागि ७ लाख र लाब्दी घुमाउने मोटरमार्ग निर्माणका ७ लाख विनियोजन गरेका छन्।

यस्तै खानेपानी तर्फ आधीमुल–सत्रसयफाँट खानेपानी आयोजना निर्माणका लागि ४० लाख, कालीखोला–बरादी खानेपानी आयोजना ४० लाख, मिलनचोक–जरेबर खानेपानीका लागि ३० लाख, लाब्दीखोला खानेपानी आयोजनाका लागि १० लाख, केउरानी–मजुवाडाँडा (लिफ्टीङ्ग) खानेपानीका लागि १५ लाख, थुम्कीडाँडा खानेपानी आयोजनाका लागि १० लाख, मार्कीचोक–खानेपानी आयोजनाका लागि ५ लाख, हिलेखर्क लिफ्ट खानेपानी आयोजनाका लागि ५ लाख, देउराली–पहरेपानी खानेपानी आयोजना ४ लाख, आँधीमुल–सत्रसयफाँट सिचाई योजना र आबुखैरेनी १ को नहर तथा संरचना र्निमाण कार्यका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी भवन र मन्दीर तर्फ एक्लेफाँटमा मनकामना आमा समुहको भवन र्निमाणका लागि १५ लाख, र आँबुखैरेनी ४ मा जलदेवि मन्दीर र्निमाणका लागि पनि ५ लाख विनियोजन भएको छ। 

यस्तै शसर्त, बिशेष, समपुरक तर्पm कुडुलेमा लिफ्टीङ्ग प्रणाली सिचाई योजना निर्माण गर्न बिशेषबाट ५० लाख र  आबुखैरेनी २ ,ढकालटारमा लिफ्टीङ्ग प्रणाली सिचाई योजना निर्माणका लागि समपुरकबाट ५० लाख विनियोजन गरेका छन्।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - २१:५७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology