Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बोक्सी लागेर मरेको भन्दै लाश काट्ने गोरखा काशीगाउँका एक युवालाई ६ महिना कैद, ५ हजार जरिवाना

बोक्सी लागेर मरेको भन्दै लाश काट्ने गोरखा काशीगाउँका एक युवालाई ६ महिना कैद, ५ हजार जरिवाना

इच्छाकामना न्युज

६, श्रावण २०७८
बोक्सी लागेर मरेको भन्दै लाश काट्ने गोरखा काशीगाउँका एक युवालाई ६ महिना कैद, ५ हजार जरिवाना
images

गोरखा, ६ साउन । बोक्सी लागेर मारेको भन्दै लाश काट्ने युवालाई अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ ।

images
images

धार्चे ६ काशिगाउँका मृतक भीमबहादुर गुरुङको लाश काट्ने स्थानीय २८ बर्षीय रोशन गुरुङलाई जिल्ला अदालत गोरखाले कैद तथा जरिबानाको सजायँ तोकेको हो ।

‘प्रतिवादीले बोक्सीको आरोप (कसुर र सजायँ) ऐन २०७२ को दफा ३ (१) को खण्ड क अनुसारको बोक्सीको आरोप लगाउनेसम्मको आरोप (कसुर र सजायँ) २०७२ को दफा ११ (१) को खण्ड क बमोजिम निजले गरेको कसुरको मात्रा अनुसार छ महिना कैद र  पाँच हजार जरिबाना हुने ठहर्छ’, फैसलामा भनिएको छ ।

मीनकुमारी गुरुङ, उनकी आमा काली गुरुङ र बहिनी सूचना गुरुङमाथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने आरोपी ६२ बर्षका कामी गुरुङ, ३९ बर्षकी आइतीमाया गुरुङ, ३१ बर्षकी प्रमिला गुरुङ र २३ बर्षकी मिनु घलेको मुद्धा भने अदालतले हाललाई मुल्तवीमा राखेको छ । ‘उनीहरु पक्राउ हुन नआएका, म्यादमा हाजिर हुन समेत नआएका, फरार रहेको अबस्था देखिएकाले मुलुकी फौजदार कार्यविधि संहिता २०७४ को दफा ९८ ९३० बमोजिम मुल्तबी राखिदिने ठहर भएको छ’, अदालतका स्रेस्तेदार गोकर्णराज पन्तले भने ।

कैद तथा जरिबाना फैसला भएका रोशन गुरुङ हाल वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत छन् ।

पाँच हजार रुपैया पनि तिर्न नसक्ने अतिविपन्न भनेर अदालतले उनले तिर्नुपर्ने जरिबाना रकम धार्चे गाउँपालिकाले तिर्नुपर्ने भनी फैसला गरेको छ । उनको आर्थिक अबस्था अति नाजुक रहेको भन्दै वडा नं. ६ का अध्यक्ष धनकुमार घलेले उनले तिर्नुपर्ने जरिबाना रकम गाउँपालिकाले तिर्नुपर्ने भनी सिफारिस गरेका छन् । साथै अदालतबाट खटिएको डोरले पनि उनको नाममा अचल सम्पत्ति नरहेको भन्दै मुचुल्का पेश गरेको छ ।

म्यादमा हाजिर गराउन नसकेर फरार रहेको भनिएका चार जना महिलाहरु काशिगाउँमै नियमित कामकाजमा रहेका पिडितहरुको भनाइ छ । ‘अदालतले उनीहरु फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको छ भन्छ तर उनीहरु गाउँमै छन्’, पिडित पक्षका बालचन्द्र गुरुङ भन्छन्, ‘अदालतले जसलाई जरिबाना र कैद सजायँ तोकेको छ, उ मलेसियामा छ । जो मलेसियामा पैसा कमाइरहेको छ, उसैलाई पाँच हजार रुपैयाँ तिर्न नसक्ने भनेर गाउँपालिकालाई तिराउन खोजिएको छ ।’

धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने अपराधीले तिर्ने जरिबाना गाउँपालिकाले कुनै हालतमा नतिर्ने जिकिर गरेका छन् । ‘उसले पाँच हजार रुपैयाँ पनि तिर्न सक्दैन जस्तो त हामीलाई लाग्दैन । उसले पाँच हजार रुपैयाँ तिर्न सक्दैन भनेर जसले सिफारिस ग¥यो, उसैले तिर्छ । हामीसँग सोधपुछ पनि भएको छैन, समन्वय पनि भएको छैन, किन तिर्ने ?’

२०७५ साउन १० गते मृत्यू भएका स्थानीय भीमबहादुर गुरुङको शव भोलिपल्ट चिहानडाँडामा रोशन गुरुङले काटेर आन्द्राभुँडी निकालेका थिए । ‘बोक्सी लागेर मरेको र उसको भुँडीमा भ्यागुता, सर्प, माछा, छेपारा भेटिन्छ भनेर चिहानडाँडामा लाश काटेका थिए’, पीडित गुरुङ भन्छिन्, ‘उसलाई हामीले बोक्सी लगाएको हो भनेर हामीमाथि पनि निर्घात कुटपिट गरी गाउँ निकाला गरिएको थियो ।

त्यसैले हामीलाई शारीरिक र मानसिक रुपमा पुग्न गएको क्षतिपूर्ति भराइपाउँ भने उजुरी दिएका थियौँ । फैसला भइसक्यो तर क्षतिपूर्ति पाएका छैनौँ ।’ घटनापछि विस्थापित मीनकुमारी गुरुङ अहिलेसम्म चितवन शारदा नगरमा बस्दै आएकी छिन् ।

यसअघि सोही समयमा दोषीलाई पक्राउ गर्न गएका प्रहरीलाई तीन पटकसम्म आरोपी र उनका समर्थकहरुले आक्रमण गरी फर्काएका थिए ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०८:४२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology