Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एकापसमा शुभकामना बाडेर आँबुखैरेनीका मुस्लिम समुदायले मनाए बकर ईद पर्व

एकापसमा शुभकामना बाडेर आँबुखैरेनीका मुस्लिम समुदायले मनाए बकर ईद पर्व

इच्छाकामना न्युज

६, श्रावण २०७८
एकापसमा शुभकामना बाडेर आँबुखैरेनीका मुस्लिम समुदायले मनाए बकर ईद पर्व

आँबुखैरेनी, ६ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मुस्लिम समुदायले पनि बकर ईद मनाएका छन्। आज परेको मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर ईद एकपासमा शुभकामना आदानप्रदान गर्दै ईद मनाएका हुन्। 

images

ईदको अवसरमा आँबुखैरेनीमा रहेको पिप्ले स्थित मस्जिदमा बिहान ८ बजे मुस्लिम समुदाय जम्मा भएर बकर ईदको नमाज पढेर एकापसमा अंकमाल गरेर पर्व मनाईएको मुस्लिम समाज आँबुखैरेनीका अध्यक्ष महम्मद रफी वर्सीले बताए। उनका अनुसार नमाज पढेपछि आ–आफ्नो घरमा आफ्नो हैसियत अनुसार कसैले रागो, भैंसी बलि दिएर सबै जना एक ठाउँमा भेला भै खुसियालीका साथ आँबुखैरेनीका मुस्लिम समुदायले बकर ईद मनाएका हुन्।

विशेष गरेर इस्लाम धर्मालम्बीहरुको दोस्रो महान पर्व इद उल अधा अर्थात बकर इद आज भन्दा चार हजार बर्स पहिले हजरत इब्राहिम अलैहिस्सलामले आफ्नो पलन हार अल्लाह प्रती आफुले प्रस्तुत गरेको कुर्बानी त्यागको सम्झानामा मुस्लिम समुदायले हरेक वर्ष यो पर्व मनाउने गरिन्छ।

अल्लाह ताअलाले हजरत इब्राहिम अलैहिस्सलाम लै सपनामा सबै भन्दा प्यारो चिजलाई कुर्बानी यानी बलि दिनु भनी सन्देश पाए पछी आफ्नै छोरा हजरत इस्माइल अलैहिस्सलाम लाई बलि दिन तयार भए पछी  मुस्लिम समुदायमा यो परम्परा सुरु भएको हो।

यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ भने आफ्नो हैसियत अनुसार रागो, भैंसी, खसी, बाख्राको बलि दिई खुसियाली मनाउने गरिन्छ।

यस्तै बलि दिएको मासु (गोस्त) लाई तीन भागमा बिभाजन गरि एक भाग गरिब असहाय अनादलाई, दोस्रो भाग आफन्तलाई र तेस्रो भाग आफुलाई राखी बाड्ने गरिन्छ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - २२:१७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology