Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँ व्यास १४ को कांग्रेस सभापतिमा दुर्गा, नरिमाया र सरास्वतीको दावी

तनहुँ व्यास १४ को कांग्रेस सभापतिमा दुर्गा, नरिमाया र सरास्वतीको दावी

बि.बि. श्रेष्ठ

९, श्रावण २०७८
तनहुँ व्यास १४ को कांग्रेस सभापतिमा दुर्गा, नरिमाया र सरास्वतीको दावी

तनहुँ, ९ साउन । नेपाली काग्रेस व्यास नगरपालिका वडा नं १४ को वडा सभापतिमा दुर्गा वहादुर आले, नरिमाया राना र सरास्वती थापा मगरले दावी गर्नुभएको छ । नेपाली काग्रेसको आसन्न १४ औ महाधिवेशनको संघारमा हुन गईरहेको वडाको सभापतिमा वहाँहरुले दावी गर्नुभएको हो । 

images

लामो समय नेपाली काग्रेस क्रियाशिल सदस्यको रुपमा काम गर्नुभएको  दुर्गा वहादुर आले शिक्षक संघ तनहुँ व्यास – १४ को अध्यक्ष समेत हुन् । ३० वर्ष देखि प्राध्यापन क्षेत्रमा रहनु भएको आले हाल केशवटार मावि केशवटारका समेत प्रधानाध्यापक हुन् । 

श्रोत व्यक्तिको रुपमा १२ वर्ष काम गरेका आलेले शिक्षामा स्नातकोत्तर समेत गरेका छन् । विभिन्न समाजिक क्षेत्रमा क्रियाशिल रहेका आले वडा मेलमिलाप कार्यकर्ता समेत रहि समाजिक कार्यमा क्रियाशिल रहेका छन् । 

यसैगरि व्यास नगरपालिका कार्यकारिणी सदस्य नरिमाया रानाले पनि वडा सभापतिमा दावी गर्ने वताउनुभएको छ । लामो समयसम्म नेपाली काग्रेसमा आवद्ध रहि काम गर्नुभएको नरिमाया रानाले महिला पनि नेतृत्व गर्न सक्ने हुदाँ त्यसका लागी आफु वलियो उम्मेदवार भएको वताउनुभयो । 

व्यास नगरपालिका वडा नं १४ को निर्वाचित वडा सदस्य हुदै नगरपालिकाको कार्यपालिका सदस्य समेत भएर काम गरेको नरिमाया रानाले अव आफुले पार्टीको वडा सभापति भएर जनताको काम गर्ने वताउनुभयो । साथी वचत तथा ऋण सहकारी संस्था केशवटारको लामो समयसम्म अध्यक्ष भएर काम समेत गर्नुभएको नरिमाया राना रुम्सि सामुदायिक वनको पुर्व अध्यक्ष समेत हुनुहुन्छ । 

यसैगरि नेपाली काग्रेस वडा नं १४ का कार्यवाहक अध्यक्ष सरास्वती थापा मगरले समेत आफु स्वभाविक वडा सभापतिको दावेदार भएको वताउनुभयो । पार्टीको विभिन्न कमिटी हुदै कार्यवाहक वडा सभापति समेत भएको हुदाँ आफु स्वतः सभापति पदका दावेदार भएको वताउनुभयो । नेपाल महिला संघ जिल्ला कार्यसमितीको सदस्य समेत रहनुभएको सरास्वती नेपाली काग्रेस जिल्ला कार्य समितीको आमन्त्रित सदस्य समेत हुनुहुन्छ । 

पार्टीमा लामो समयसम्म काम गरेको हुदाँ अवको नेतृत्व आफुले पाउनुपर्ने वहाँले वताउनुभयो । महिलालाई समाजमा हेर्ने दृष्टिकोण असमान भएको हुदाँ अव त्यो भ्रम चिर्नुपर्ने वहाँले वताउनुभयो । केशवटार होम स्टेको अध्यक्ष समेत रहेका सरास्वती, तिनधारे खानेपानी संस्थाका निवर्तमान अध्यक्ष, साथी वचत तथा ऋण सहकारी संस्थाको संस्थापक कोषाध्यक्ष समेत हुनुहुन्छ । 

नेपाली काग्रेसमा विपीले प्रतिपादन गरेको समाजवाद उन्मुख समाज निर्माण गर्न र पार्टीलाई क्रियाशिल वनाउन आफुहरुले सभापतिमा दावी गरेको वहाँहरुले वताउनुभयो । लामो समयसम्म पार्टी निकट जनवर्गिय संगठनमा रहेर आफुले योगदान गरेको हुदाँ अवको नेतृत्वका लागी आफुहरुले पाउनुपर्ने वहाँहरुले वताउनुभयो । सवैको साझा थलोको रुपमा एकतावद्ध, सढृढ र सवल काग्रेस वनाउने आफनो ध्येय रहेको समेत वहाँहरुले वताउनुभयो ।   

यसैगरि हाल व्यास १४ का वडा सभापति काजीमान श्रेष्ठले आफु अहिले वडा सभापतिमा आफनो कुनै दावी नरहेको वताउनुभयो । हाल व्यास १४ का वडाध्यक्ष समेत रहनु भएको श्रेष्ठले नेपाली काग्रेसको क्षेत्र नं १, प्रदेश २(क) को सभापतिमा आफनो दावी रहेको वताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - २०:४८:४९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology