Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा ९२ प्रतिशत धान रोपाई सकियो

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा ९२ प्रतिशत धान रोपाई सकियो

पत्रपत्रिका

१०, श्रावण २०७८
इच्छाकामना सहित चितवनका सबै स्थानीय तहमा ९२ प्रतिशत धान रोपाई सकियो

चितवन, १० साउन । चितवनमा साउनको पहिलो सातासम्म ९२ प्रतिशत रोपाई सकिएको छ भने ८ प्रतिशत धान रोपाई गर्न बाँकी रहेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १० प्रतिशत र माडी नगरपालिकामा ५ प्रतिशत रोपाई गर्न बाँकी रहेको छ ।

images

पूर्वी चितवनका स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालीका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाई सकिएको कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

उनका अनुसार चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाको धानयोग्य जमीन झण्डै आधा क्षेत्रफल ओगटेको छ । ‘भरतपुरकोे अन्य स्थानमा रोपाई सकिएपनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने गर्छन ढकालले भने, सिँचाईको सुविधापनि त्यतातिर ढिलानै हुन्छ ।’

पूर्वी चितवनका अधिकांश क्षेत्रतिर चैते धान थन्क्याएर लगत्तै बर्खे धान लगाईने भएकोले चाँडो रोपाई शुरु हुने र चाँडैनै सकिने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले चितवनमा अधिकांश पालिकामा धान रोपाई सकिएको र साउनको दोस्रो सातासम्म चितवनका सबै क्षेत्रमा धान रोपाई सकिने जानकारी दिए ।

‘सिँचाई, बोरिङ, र नियमित बर्षा भएकोले पनि धान रोपाई समयमै सकिन्छ पौडेलले भने, अहिले मल, बीउको अभाव पनि त्यस्तो देखिएन ।’ पूर्वी चितवनको रत्ननगरपालिकाको केही स्थानहरुमा बाढीले धान बगाएको कारण किसानले छरुवा धान लगाएको पौडेलले बताए । यो वर्ष मौसम अनुकुल र रोग किराको प्रकोप नदेखिएकाले उत्पादन पनि राम्रो हुने उनको भनाइ छ ।

चितवनको खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमिनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलव ५२ रहेको छ ।

मकवानपुर जिल्ला समेत हेर्दै आएको ज्ञानकेन्द्रले त्यहाँका १० ओटा स्थानीय तहमा ९५ प्रतिशत धान रोपाई सकिएको जानकारी दिएको छ । आर्थिक अभियानबाट

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ११:४७:३७ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology