Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी प्रदेशको प्रमुखमा शहिद पुत्र पृथ्वीमान गुरुङ सिफारिश

गण्डकी प्रदेशको प्रमुखमा शहिद पुत्र पृथ्वीमान गुरुङ सिफारिश

इच्छाकामना न्युज

१२, श्रावण २०७८
गण्डकी प्रदेशको प्रमुखमा शहिद पुत्र पृथ्वीमान गुरुङ सिफारिश
images

काठमाण्डौ, १२ साउन । गण्डकी प्रदेशको प्रमुखमा सहिद पुत्र पृथ्वीमान गुरुङलाई सरकारले सिफारिस गरेको छ । प्रदेशको हालकी प्रमुख सीताकुमारी पौडेललाई हटाएर उनको ठाउँमा गुरुङलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ ।

images
images

गण्डकी, लुम्बिनी र प्रदेश २ को प्रमुख फेर्ने क्रममा पहिलेका प्रमुख अमिक शेरचनको नाम पनि चर्चामा आए पनि एकै प्रदेशमा दुई पटक नमिल्ने भएकाले गुरुङलाई गण्डकीको प्रमुख बनाइन लागेको हो ।

कास्कीको घलेलका पृथ्वीमान सहिद हरिप्रसादका भान्जा हुन् । उनी कांग्रेस चितवनका पूर्व सभापति पनि हुन् । उनी हाल चितवन बस्दै आएका छन् । अब राष्ट्रपतिबाट प्रदेश प्रमुखले नियुक्ति पाउनेछन् ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २१:११:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology