आँबुखैरेनी, १५ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाको विभिन्न स्थानहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा ती सवारी साधनलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गाउँपालिकाको वडा नं. २ स्थित मस्याङ्दी नदीको नारीघाटमा गिटी बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मस्याङ्दी नदीमा स्काभेटर र डोजर प्रयोग गरी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चेनवाला स्काभेटर, प्रदेश ३–०१–००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका सवारीलाई आँबुखैरेनी गाउँपालिका पठाइएकामा ग १ त ४४०२ नम्बरको ट्याक्टरलाई १५ हजार, ग १ त ४६२३ को ट्याक्टर, प्र.३–०१–००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिप्परलाई प्रति सवारीसाधन २० हजारका दरले ८० हजार, ना ६ त ५८५१, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरहरुलाई प्रतिट्याक्टर१२ हजारका दरले ४८ हजार तथा चेनवाला स्काभेटरलाई ३० हजार गरी १ लाख ७३ हजार जरिवाना गरिएको छ।