धादिङ, १८ कार्तिक
धादिङमा छुटा छुटै सवारी दुर्घटना परि ६ जना घाईते छन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्लेमा प्र ३ –०२–०१२ प ९१५३ नम्बरको स्कुटरलाई काठमाण्डौ बाट गल्छि तर्फ जार्दै गरेको बा १ ञ १६३४ नम्बरको बोलेरो गाडीले ठक्कर दिर्दा थाक्रे १ घर भएका ५८ वर्षिय शेर बहादुर नेपाल घाईते भएका छन । घाईतेको लाई उपचारको लागी काठमाडौं लगिएको प्रहरीले बताएको छ । भने स्कुटर जेलर नस्ट भएको छ ।त्यसै गरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । धादिङवेशींबाट काठमाण्डौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।दुर्घटनामा परि घाईते हुनेमा मुक्तिनाथ विकास वैंङका क्षेत्रिय प्रवन्धक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३४ वर्षिय सुरेन्द्र श्रेष्ठ र गल्छी गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय विनोद खतिवडा रहेका छन् । त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ का ३८ वर्षिय आईते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका वडा नं ७ का २४ वर्षिय विक्रम विश्वकर्मा र काभे्र जिल्ला रोसी गाउँपालिका वडा नं ३ का ३१ वर्षिय चन्द्रलाल ट्वाटी रहेको प्र्रहरी नायव उपरिक्षक तिम्सिनाले जानकारी दिनुभयो ।घाईते २ लाई थप उपचारको लागि हेलिकप्टर मार्फत र एक जनालाई एम्बुलेन्सबाट थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको तिम्सिनाले बताउनुभयो । अन्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई प्रहरी,स्थानीय बासिन्दाहरुको सहयोगमा उद्वार गरि धादिङ अस्पताल ल्याईएको थियो ।