देवघाट, २० साउन । तनहुँको देवघाट गाउँपालिकालाई नेपाल तरुण दल देबघाटले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ। बुधबार एक कार्यक्रमका बिच तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, पि.पि.ई २ थान, क्यानुला २० थान, माक्स र सेनेटाइजर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष थापाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा तरुण दल देबघाटलाई गाउँपालिकाको तर्फ बाट धन्यवाद दिए। साथै अध्यक्ष थापाले विपतीको सामना गर्न सबै एकजुट हुनेपर्ने बताए। कोरोनाको उदाहरण दिदै उनले भने– ‘यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मान्छेमाथी आएको विपति सबै मिलेर समाधान गर्नु पर्छ।

कार्यक्रममा नेपाल तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सवैको रहेको बताउदै देवघाट गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए। साथै आगामी दिनहरुमा पनि सहयोग गर्ने उनले बताए।
सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सभापति प्रेम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सचीव कृष्णराज न्यौपाने,कार्यपालिका सदस्य यममाया गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी,
समाजसेवी युवा ब्याक्ती अमृत सुवेदी र प्रशन्न ढकाल लगाएतको उपस्थिति रहेको थियो।