सिमलढाप, २० साउन । चितवनको इच्छाकामना गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले मृगौला रोगीलाई नगद सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाएका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिकाको वडा नं. ७ निवासी मृगौला रोगी बिर बहादुर गुरुङको उपचारको लागि नगद ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

पछिल्लो समय भड्किलो रुपमा जन्मदिन मनाउने प्रचलन आईरहदा आफुले भने जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न भएकाले उपचार गर्न कठिन भैरहेका पिडितलाई थोरै भनेपनि सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको प्रवक्ता गुरुङले बताए।