Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी प्रदेशमा ऐन संशोधन गरिँदै, सांसदलाई सुविधा थप्दै

गण्डकी प्रदेशमा ऐन संशोधन गरिँदै, सांसदलाई सुविधा थप्दै

इच्छाकामना न्युज

२४, श्रावण २०७८
गण्डकी प्रदेशमा ऐन संशोधन गरिँदै, सांसदलाई सुविधा थप्दै
images

पोखरा, २४ साउन । ०७४ माघ २२ गते बसेको गण्डकी प्रदेशसभाको पहिलो बैठकले पारित गरेको प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिले सभामुख,उपसभामुख, मुख्यमन्त्री,मन्त्री र सांसदहरु मात्रै चिन्थ्यो । उनीहरुले पाउने पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन ०७४ चैत ४ गते पारित भएको थियो ।

images
images

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार तत्कालीन अवस्थामा सुविधा पाउने अनूसूचीमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, सचेतक र सांसदहरुलाई राखिएको थियो । उक्त ऐनअनुसार सवारी सुविधा पाउनेमा सभामुख, उपसभामुख र विपक्षी दलका नेता मात्र थिए ।

प्रतिपक्षमा तीन सांसदसहितको राष्ट्रिय जनमोर्चा र दुई सांसद रहेको तत्कालीन नयाँ शक्ति पार्टी (हाल जनता समाजवादी पार्टी)लाई दलीय मान्यता दिइएको थिएन । कारण, ऐनले नै विपक्षी दलको नेता हुनको लागि सम्बन्धित पार्टीका कम्तीमा १० प्रतिशत सांसद हुन अनिवार्य थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा जनमोर्चा र जनता समाजवादीका १० प्रतिशत सांसद नपुगेकै कारण उनीहरुलाई दलको नेता र सचेतकको सुविधा लिन ‘थ्रेसहोल्ड’ राखियो । विरोधमा ती दलले यो ऐनमाथि विधायन समितिमा छलफल हुँदा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, त्यसपछि ०७४ चैतमा नै प्रदेशसभा नियमावली संशोधन गरेर पदाधिकारी भन्ने शब्द राखियो । उक्त संशोधनले सत्तापक्षको प्रमुख सचेतक र विपक्षी दलको प्रमुख सचेतक भन्ने पद सिर्जना गर्‍यो ।

उक्त पदलाई केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयकबाट सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकलाई सवारी सुविधासहित पारिश्रमिक पनि बढाइयो । त्यसपछि ०७६ जेठ २ गते प्रदेशसभा नियमावली तेस्रोपटक संशोधन गरियो । उक्त संशोधनले पदाधिकारीको परिभाषामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, संसदीय दलका उपनेता भन्ने वाक्य थप गरिएको छ ।

प्रदेशसभा नियमावलीमा राजनीतिक दलका संसदीय दलका नेता वाक्य थप गर्दा साना दुई दलमाथि लागेको १० प्रतिशतको थ्रेसहोल्ड हटेको छ भने यी दुई दलले अब संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकको हैसियतमा ठूला दलसरह सुविधा लिन पाउने भएका छन् । अर्कातर्फ, उपनेता शब्द पनि नियमावलीमा थप गरिएको छ ।

नियमावली संशोधन गरेर सिर्जित भएका पदलाई सुविधा दिन प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन फेरि संशोधन गर्न लागिएको हो ।

संशोधनको लागि प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुमति दिएर यो विधेयक प्रदेशसभामा दर्ता भइसकेको छ । यो ऐन संशोधन भएको खण्डमा साना दलले दलको नेता, प्रमुख सचेतकको हैसियतमा सवारीसहितको सुविधा लिन पाउनेछन् भने ठूला दलले उपनेता राखेर सुविधा लिन पाउनेछन् । उपनेताको पारिश्रमिक संसदीय समितिका सभापति तथा प्रमुख सचेतकको बराबर रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १०:३०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology