Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी विरुद्ध आयोगका अध्यक्ष देवी ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट दायर

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी विरुद्ध आयोगका अध्यक्ष देवी ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट दायर

इच्छाकामना न्युज

२४, श्रावण २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी विरुद्ध आयोगका अध्यक्ष देवी ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट दायर
images

चितवन, २४ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

images
images

विघटित आयोगका अध्यक्ष तथा चितवनका एमाले नेता देवीप्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । ज्ञवालीको रिटको प्रारम्भिक सुनुवाइका लागि भोलि सोमबार पेसी तोकिएको छ । ज्ञवालीको पक्षबाट पूर्वमहान्यायधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीसहित धेरै जना अधिवक्ताहरुको टोलीले बहस गर्दै छन् ।

रिट दर्ता गरेपछि प्रतिक्रिया दिँदै विघटित भूमि आयोगका अध्यक्ष ज्ञवालीले आयोगको विघटन गरेर सरकारले नागरिकको मौलिक हकको हनन गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामीले देशभरका पलिकाहरुसँग सम्झौंता गरेर १२ लाख परिवारलाई जग्गा उपलब्ध गराउने गरी काम गरिरहेका थियौं ।

सरकारले तानाशाही शैलीमा आयोगको विघटन ग¥यो । विघटनको औचित्यता पुष्टि गर्न सकेन । ’ उनले सरकारले तीन वर्षको समय दिएर आफूहरुलाई भूमि आयोगको जिम्मेवारी दिएकामा जम्मा १४ महिनामात्र काम भएको बताए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग सुकुमबासी समस्या समाधान गर्ने भन्दा जग्गा वितरण गर्ने, कार्यकर्ता भर्ती गर्ने र हदबन्दी भन्दा धेरै भएको जग्गा वितरणमा संलग्न रहेको दाबीसहित सरकारले खारेज गरेको थियो ।

भूमिसम्बन्धी ऐन–२०२१ अनुसार गठन भएको आयोग सरकार परिर्वतन हुनेवित्तिकै खारेज हुन नसक्ने र सरकारको यो निर्णयले जग्गा वितरणको अन्तिम अवस्थामा रहेको निर्णयमा अपूरणीय क्षति पुग्ने ज्ञवालीको रिटमा उल्लेख छ ।

ज्ञवालीले पहिलो सुनुवाबाटै आयोगलाई निरन्तर गरी काम गर्नू गराउनू भनि अन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी गरेका छन् । लामो समयपछि सुकुमबासीहरुले जमिन पाउन लागेको अवस्थामा आयोग नै खारेज भएकाले उत्प्रेषणको आदेशले बदर हुनुपर्ने रिटमा मागदाबी गरिएको छ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १८:०७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology