Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कुरिनटार स्थित रिभर साइड स्प्रीङ रिसोर्टका संचालक श्याम सुन्दरलाल कक्षपतिको क्यान्सरका कारण निधन

कुरिनटार स्थित रिभर साइड स्प्रीङ रिसोर्टका संचालक श्याम सुन्दरलाल कक्षपतिको क्यान्सरका कारण निधन

images

इच्छाकामना न्युज

२६, श्रावण २०७८
कुरिनटार स्थित रिभर साइड स्प्रीङ रिसोर्टका संचालक श्याम सुन्दरलाल कक्षपतिको क्यान्सरका कारण निधन
images

कुरिनटार, २६ साउन । नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा रिभर साइड स्प्रीङ रिसोर्ट (आर.एस.आर.) कुरिनटारका संचालक उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। 

सबै भन्दा पहिला नेपालमा फास्टफूड चेन रेष्टुराँ शुरूवात गर्ने व्यवसायी कक्षपति केही समय यता प्रतिकूल स्वास्थ्य अवस्थासँग संघर्षरत रहँदै आएका थिए। थाइल्याण्डमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।  

मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए।

उनले काठमाडौमा नाङ्लो रेष्टुराँ सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्ने गर्दै आएको छ।काठमाडौं उपत्यकामा फास्टफूड चेनको शुरुवात नाङ्लो रेष्टुराँमार्फत्  भएको थियो।

शुभतारा स्कुलका संस्थापक समेत रहेका कक्षपतिको पत्नीसहित १ छोरा र १ छोरी छन्।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०८:४५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology