Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ज्यान मुद्दामा १८ वर्ष देखि फरार आँबुखैरेनीका मक्रान्ति साहिला भनिने प्रेम बहादुर सार्की पक्राउ

ज्यान मुद्दामा १८ वर्ष देखि फरार आँबुखैरेनीका मक्रान्ति साहिला भनिने प्रेम बहादुर सार्की पक्राउ

इच्छाकामना न्युज

२७, श्रावण २०७८
ज्यान मुद्दामा १८ वर्ष देखि फरार आँबुखैरेनीका मक्रान्ति साहिला भनिने प्रेम बहादुर सार्की पक्राउ

आँबुखैरेनी, २७ साउन ।  कर्तव्य ज्यान मुद्दामा साढे २१ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका(१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला नामले चिनिने खिमबहादुर सार्की भन्ने प्रेमबहादुर सार्की रहेका छन् ।

images

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। निजलाई जिल्ला अदालतले विसं २०६० वैशाख ११ गते २१ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । १८ वर्षसम्म उनी फरार थिए ।

जबरजस्ती करणीबाट जन्मिएको नवजात शिशुको हत्या गरेको अभियोगमा उनी फरार थिए । कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टिकामाया अम्गाई भन्ने टिका थापाको बयान पोलबाट खुलेका प्रतिवादी सार्कीले जवर्जस्ती करणी गरेको र निजको करणीबाट गर्भ रहन गएको थियो । 

छोरी जन्मिएपछि निजले खरबारीमा लगेर नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । निज विरुद्ध वि.स. २०६० वैशाख ११ गते जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएकामा पुनरावेदन अदालत पोखराले विसं २०६० कात्तिक १८ गतेको आदेशले उक्त फैसला सदर गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - २०:०१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology