Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा शहिद लखन गाउँपालिकाको बेतिनिमा ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

गोरखा शहिद लखन गाउँपालिकाको बेतिनिमा ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

इच्छाकामना न्युज

२७, श्रावण २०७८
गोरखा शहिद लखन गाउँपालिकाको बेतिनिमा ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

गोरखा ,२७ साउन । शहिदलखन गाउँपालिका वडा नम्बर २ का ५ दर्जन भन्दा बढि एमाले कार्यकर्ता पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

images

वडा नम्बर २ बेतिनिका स्थानीय नेता तथा समाजसेवी लिलबहादुर रानाको नेतृत्वमा ५ दर्जन भन्दा बढि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । लिल बहादुर त्यस क्षेत्रमा एमालेका दह्रिला खम्बा भएर काम गर्दै आएका थिए । उनको समूह सबै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) संयोजक धुर्व खनाल, इन्जार्ज रमेशबाबु थापामगर तथा सहइन्चार्ज कृष्ण बाबू श्रेष्ठले स्वागत गरेका थिए । वडामा भएको भेलाले शिबजी थापाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पनि पुनर्गठन गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - २२:०४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology