Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

देवघाटमा संचालित दुई दिने आधारभूत पत्रकारिता तालिम आज समापन 

देवघाटमा संचालित दुई दिने आधारभूत पत्रकारिता तालिम आज समापन 

करिश्मा गुरुङ

२७, श्रावण २०७८
देवघाटमा संचालित दुई दिने आधारभूत पत्रकारिता तालिम आज समापन 
images

देवघाट, २७ साउन । तनहुँको देवघाटमा संचालित दुई दिने आधारभूत पत्रकारिता तालिम आज समापन भएको छ । स्थानीयलाई प्राथमिकता दिनुपर्छ भन्ने हेतुले सञ्चालन गरिएको सो पत्रकारिता तालिमको दोस्रो दिन सामुदायिक रेडियो देवघाटका स्टेसन म्यानेजर सुवास लामिछानेले प्रशिक्षण दिएका हुन । लामिछानेले पत्रकार भनेको के हो, रिपोर्ट कसरी बनाउने,अन्तरवार्ता कसरी लिने र सामान्यतया न्युज कसरी लेख्ने भन्ने सम्बन्धमा धेरै जानकारीहरू गराएका थिए । 

images
images

समृद्धिका लागि त्रिपक्षीय आयम नेपालले आयोजना गरिएको सो पत्रकारिता तालिमको दोस्रो दिन भने १२ जनाले सहभागीता जनाएका थिए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका गतीविधिलाइ क्षणभरमै पहिचान गराउने पत्रकारिता पेशालाई स्थानीयबाटै निरन्तरता दिए तालिमको सार्थकता हुने कार्यक्रम समापनमा देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताए। उनले देवघाटको गहनाको रूपमा रहेको रेडियो देवघाटलाई  अघि बढाउनमा आफुले भरपुर सहयोग गर्ने बताए । र दुई दिने तालिमबाट देवघाट गाउँपालिकामा अझ थप पत्रकारको उत्पादन हुन्छ भन्ने आशा समेत व्यक्त गरे ।  

तालिममा सहभागी सम्पूर्णले तालिम निकै राम्रो र सफल भएको बताउदैँ आगामी दिनहरूमा पनि यस्तै अझ लामो समय एक हप्ता, एक महिनाक‍ो तालिम ल्याउनको लागि  अनुरोध गरे ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - २२:०८:५५ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology