Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना गाउँपालिकाको सबै वडामा माओवादी केन्द्रको कमिटि पुर्नगठन, वडा नं. ७ को अध्यक्षमा ठुलकान्छा मगर चयन

इच्छाकामना गाउँपालिकाको सबै वडामा माओवादी केन्द्रको कमिटि पुर्नगठन, वडा नं. ७ को अध्यक्षमा ठुलकान्छा मगर चयन

images

इच्छाकामना न्युज

२९, श्रावण २०७८
इच्छाकामना गाउँपालिकाको सबै वडामा माओवादी केन्द्रको कमिटि पुर्नगठन, वडा नं. ७ को अध्यक्षमा ठुलकान्छा मगर चयन
images

कुरिनटार, २९ साउन । नेकपा माओवादी केन्द्रले इच्छाकामना गाउँपालिकाको सबै वडामा कमिटि पुर्नगठन गरेको छ। आज वडा नं. ७ मा संगठन विस्तार गरेसँगै माओवादी केन्द्रले इच्छाकामना गाउँपालिकाको सबै वडामा कमिटि पुर्नगठन गरेको हो।

इच्छाकामना गाउँपालिकाको वडा नं. ७ मा भएको एक भेलाले माओवादी केन्द्र इच्छाकामना ७ को अध्यक्षमा ठूलकान्छा मगरलाई चयन गरेको छ। भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको हो। भेलाले सचिवमा कुमार मगरलाई चयन गरिएको छ।

भेला नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा चितवन क्षेत्र नं. २ (क) को बागमती प्रदेश सदस्य घनश्याम दाहाल अविनास लगायतको उपस्थितिमा सम्पन्न भएको हो।

यसैबिच नेकपा माओवादी केन्द्र इच्छाकामनाको सात वटै वडामा वडा कमिटी पुर्नगठन कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २२:१६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology