Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आमाको काजक्रिया गर्ने आँबुखैरेनी बस्ने गोरखाकी साहसिक छोरी अर्चना नराललाई वर्षदिनको पढाई खर्चको व्यवस्था

आमाको काजक्रिया गर्ने आँबुखैरेनी बस्ने गोरखाकी साहसिक छोरी अर्चना नराललाई वर्षदिनको पढाई खर्चको व्यवस्था

इच्छाकामना न्युज

२, भाद्र २०७८
आमाको काजक्रिया गर्ने  आँबुखैरेनी बस्ने गोरखाकी साहसिक छोरी अर्चना नराललाई वर्षदिनको पढाई खर्चको व्यवस्था
images

आँबुखैरेनी, २ भदौ । छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था भएको छ। आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि सामाजिक मान्यता तोड्दै काजक्रिया गरेका तनहुँ आँबुखैरेनी बस्ने गोरखा नगरपालिका १४ कि अर्चना नराललाई स्थानीय समाजसेवी रामप्रसाद खनालले वर्षदिनको पढाई खर्चको व्यवस्था गरेको हो। 

images
images

नरालको आमा इन्दिरा नरालको यहि असार ६ गते कोरोना संक्रमणका कारण निधन भएको थियो। ३ बहिनी छोरी मात्र रहेको नराल परिवारमा आमाको काजक्रियाको लागि तिनै छोरीहरु कपाल मुण्डन गरेर बसेका थिए। उनीहरुले सामाजिक मान्यतालाई तोड्दै साहसिक काम गर्दै सामाज परिवर्तनका लागि सकरात्मक भुमिका निर्वाह गरेको भन्दै धेरैले प्रशंसा गरेका थिए।

सोहि क्रममा आँबुखैरेनी क्याम्पस आँबुखैरेनीमा बिएड दोस्रो वर्षमा अध्ययनरत जेठी छोरी अर्चना नरालको सम्पूर्ण खर्च स्थानीय समाजसेवी रामप्रसाद खनाल व्यहोर्ने सम्झौता भएको क्याम्पस प्रमुख ऋषि के.सी.ले जानकारी दिए। क्याम्पस प्रमुख के.सी.का अनुसार समाजसेवी खनालले बिएड दोस्रो वर्षको वार्षिक शुल्क २२ हजार मध्य आज पहिलो किस्ता वापत ११ हजार रुपैयाँ क्याम्पसलाई हस्तान्तरण गरेको छ भने बाँकी रकम माघमा भुक्तानी गर्ने सहमती भएको छ। 

समाजसेवी खनालले आफु स्वंयम उपस्थित हुन नसक्ने भएपछि उनले भाईहरु रामहरि खनाल र रामेश्वर खनाल मार्फत रकम हस्तान्तरण गरेको थियो। यसैबिच, रकम हस्तान्तरण गरी सहयोग गरेकोमा समाजसेवी दाता खनाललाई क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख ऋषि के.सी.ले धन्यवाद ज्ञापन गरेको छ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - २१:३२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology