देवघाट, ३ भदौ । तनहुँको देवघाट गाउँपालिका स्थित बगन्दी घाटमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
देवघाट गाउँपालिका–५ स्थित बगन्दी घाटमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ बस्ने ४२ वर्षीया पवित्रा लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।