Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

बाबुको स्मृतिमा छोराहरुद्वारा मुग्लिनमा निर्माणधिन भिमसेन मन्दिर निर्माणका लागि २५ हजार नगद सहयोग

बाबुको स्मृतिमा छोराहरुद्वारा मुग्लिनमा निर्माणधिन भिमसेन मन्दिर निर्माणका लागि २५ हजार नगद सहयोग

images

इच्छाकामना न्युज

४, भाद्र २०७८
बाबुको स्मृतिमा छोराहरुद्वारा मुग्लिनमा निर्माणधिन भिमसेन मन्दिर निर्माणका लागि २५ हजार नगद सहयोग
images

मुग्लिन, ४ भदौ । चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन भिमसेन मन्दिरको लागि बाबुको स्मृतिमा छोराहरुबाट रु २५ हजार सहयोग प्रदान गरेको छ ।

स्वर्गीय चेतनारायण श्रेष्ठको स्मृतिमा छोराहरु गणेश श्रेष्ठ (नारायणगढ), हेमबहादुर श्रेष्ठ (जर्मनी) र राजु श्रेष्ठ (अष्ट्रेलिया) को तर्फबाट आमा मायादेवी श्रेष्ठले मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवालाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरणको अवसरमा दाताको तर्फबाट आमा मायादेवी श्रेष्ठ, छोरा गणेश श्रेष्ठ, बुहारी सरस्वती श्रेष्ठ र नाति निशान्त श्रेष्ठ उपस्थित थिए भने अन्य उपस्थितिमा मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवा, इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजु, समाजसेवी कुमार श्रेष्ठ, नेवार गुठी समाजका पदाधिकारी तथा मन्दिर निर्माण समितिका सदस्यहरु उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - २१:०९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology