Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विपत् पिडितलाई सहयोग बाड्ने कांग्रेसको अभियान तीब्र, चितवनका दुई परिवारलाई बाडिने

विपत् पिडितलाई सहयोग बाड्ने कांग्रेसको अभियान तीब्र, चितवनका दुई परिवारलाई बाडिने

इच्छाकामना न्युज

६, भाद्र २०७८
विपत् पिडितलाई सहयोग बाड्ने कांग्रेसको अभियान तीब्र, चितवनका दुई परिवारलाई बाडिने

चितवन, ६ भदौ । नेपाली कांग्रेसले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्ने अभियानलाई तिव्रता पारेको छ । पार्टीका केन्द्रीय सदस्य एवंम पूर्व मन्त्री मोहन बहादुर बस्नेत संयोजक रहेको बाढी पहिरो विपद् व्यवस्थापन समितिले राहत वितरण अभियानलाई तिव्रता दिएको हो । राहत वितरणका लागि संयोजक बस्नेत स्वंम खटिएका छन् ।

images

राहत वितरणको क्रममा चितवन आइपुगेका नेता बस्नेतले आइतबार विहान पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै राहत वितरण तत्कालै गर्नुपर्ने भएकाले अहिले अभियानलाई तिव्रता दिएको बताए । उनले हालसम्म १६ परिवारलाई राहत वितरण गरिसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक परिवारलाई अहिले २५ हजार रुपैयाँ प्रदान गरिएको छ । ‘राहत वितरण जस्तो कार्य तत्कालै दिएमा मात्रै अनुभूति हुन्छ, त्यसैले छिट्टै सबै ठाउँमा वितरण गरिसक्ने अभियानमा जुटेका छौं’ नेता बस्नेतले भने ।

उनले वि.संं.२०७८ सालयता बाढी र पहिरोको कारण मात्रै परिवार गुमाएकालाई राहत वितरण गरिरहेको बताए । ‘जसको शवको सनाखत भएको छ, त्यस्तो परिवारलाई मात्रै अहिले राहत दिइरहेका छौँ’–नेता बस्नेतले भने ।

कांग्रेसले गृहमन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा राहत वितरण कार्यलाई अगाडि बढाएको हो । नेता बस्नेतका अनुसार हालसम्म २९ जिल्लाका ७१ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएकोले ति परिवारलाई राहत वितरण गर्न लागिएको हो । नेता बस्नेत शनिबार आफै गोरखा र तनहुँ पुगेर राहत वितरण गरेका छन् । तनहुँका ५ परिवार र गोरखाका २ परिवारलाई नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको उनले बताए । उनले चितवनका दुई परिवारलाई सोमबार विहान राहत वितरण गरिने बताए । यस्तै नेता बस्नेतले आइतबार र सोमबार भित्रमा रौतहटका ३, सर्लाही र मकवानपुरका १ परिवारलाई राहत वितरण गर्न लागिएको बताए ।

नेता बस्नेत आफै पुग्न नसकेको ठाउँमा पार्टीको प्रतिनिधिलाई राहत वितरण अभियानमा पठाईएको बताए । उनले दार्चुलालगायतका जिल्लाका पीडित परिवारलाई सोही ठाउँका कांग्रेस प्रतिनिधिलाई राहत रकम पठाइएको बताए । ‘जतिसक्दो चाडो राहत वितरण गरिसक्नु पर्ने भएकाले सबै ठाउँमा म आफै पुग्न खोज्दा ढिला हुन सक्छ, राहत चाडै पुगोस् भनेर स्थानीय पार्टी प्रतिनिधिबाट पनि राहत वितरण भइरहेको छ’–नेता बस्नेतले भने ।

राहत वितरणका लागि १८ लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । त्यसका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ दिएको छ । बाँकी रकम आफै सहयोगीहरु मार्फत उठान थालिएको बस्नेतले बताए । कांग्रेसको केन्द्रीय समितिको बैठकबाट बस्नेतलाई बाढी पहिरो विपद् व्यवस्थापन समितिको संयोजक बनाईएको थियो । उनले मनोनयन पत्र बुझेकै दिन प्रतिपरिवारलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । ‘मलाई विगतमा गरेको कामको अनुभव थियो, त्यही आधारमा मैले मनोनयन पत्र बुझेकै दिन मृतक परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे र आज काम तिव्र रुपमा भइरहेको छ’–नेता बस्नेतले सुनाए । आफूले आँट गरेरै सहयोग अभियान अगाडि बढाइएको उनले बताए ।

कांग्रेसका प्रभावशाली युवा नेता बस्नेतले २०७१ मा जुरेमा गरेको पहिरोको बेलामा पनि उल्लेखीय काम गरेका थिए । स्थानीय जनतासंग निकट गरेका बस्नेतले हरेक सुखदुःखमा साथ दिँदै अघि बढे । उनले नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट पहिलो मृत्यु भएका व्यक्तिको परिवारलाई पनि सहयोग गरिरहेका छन् । बच्चा जन्मिएको ९ दिनमै कोरोनाले आमाको मृत्यु भएपछि बिचल्ली भएको बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्नेदेखि पोषणयुक्त खानाका लागि व्यक्तिगत ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

पत्रकारहरुसंगको संक्षिप्त कुराकानीको क्रममा कांग्रेस चितवनको कोषाध्यक्ष शंकर कँडेल र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय महासचिव एवंम कांग्रेस चितवनका महासमिति सदस्य सुवोध प्रधानलगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - २१:४९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology