Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बाढिपहिरो पिडित चितवनका चेपाङ परिवारलाई नेपाली कांग्रेसको राहत

बाढिपहिरो पिडित चितवनका चेपाङ परिवारलाई नेपाली कांग्रेसको राहत

इच्छाकामना न्युज

७, भाद्र २०७८
बाढिपहिरो पिडित चितवनका चेपाङ परिवारलाई नेपाली कांग्रेसको राहत

चितवन, ७ भदौ । बाढी, पहिरोबाट परिवार गुमाएका चितवनका दुई चेपाङ परिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ । सोमबार विहान भरतपुरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवंम को विपद् व्यवस्थापन समितिका संयोजक तथा पूर्व मन्त्री महेन्द्र बहादुर बस्नेतले राहत हस्तान्तरण गरेका हुन् ।

images

संयोजक बस्नेतले पूर्वी चितवनको राप्ती नगरपालिकाका मोतिलाल चेपाङ र कालिका नगरपालिकाको ज्ञानबहादुर चेपाङको परिवारलाई राहत स्वरुप प्रति परिवार २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे । मृतकका परिवारलाई खान लाउन समेत समस्या परेको जानकारी पाएपछि नेता बस्नेतले उनीहरुको परिवारका एक सदस्यलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिने दिने घोषणा गरे ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं ६का वडा अध्यक्ष रामकुमार थापा र नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव सुबोध प्रधानको समन्वयमा उक्त परिवारको एक सदस्य लाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको नेविसंघ नेता सन्दिप बस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेसले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्ने अभियानलाई तिव्रता पारेको छ । राहत वितरणका लागि संयोजक बस्नेत स्वंम खटिएका छन् । संयोजक बस्नेतका अनुसार वि.संं.२०७८ सालयता बाढी र पहिरोको कारण मात्रै परिवार गुमाएकालाई राहत वितरण गरिएको छ ।

कांग्रेसले गृहमन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा राहत वितरण कार्यलाई अगाडि बढाएको हो । नेता बस्नेतका अनुसार हालसम्म २९ जिल्लाका ७१ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएकोले ति परिवारलाई राहत वितरण गर्न लागिएको हो ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १९:२८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology