Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई जना पक्राउ, दोषी प्रहरी निलम्बित

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई जना पक्राउ, दोषी प्रहरी निलम्बित

इच्छाकामना न्युज

७, भाद्र २०७८
रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई जना पक्राउ, दोषी प्रहरी निलम्बित
images

रौतहट, ७ भदौ । अन्ततः रौतहटका पत्रकारको मोटरसाइकलमा अन्य दुई व्यक्तिले लागूऔषध राखेर फसाउन खोजेको पुष्टि भएको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय, रौतहटले सोमबार पत्रकार सम्मेलन गरी निर्दोष व्यक्तिलाई घुमुवा प्रहरीकै संलग्नतामा फसाउन खोजिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले दावी गरेको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी पत्रकार मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । पत्रकार शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले लागूऔषध राख्ने दुवै जनालाई पक्राउ गरेको छ । यस्तै गैरव्यवसायिक काम गरेको भन्दै दुई जना प्रहरीलाई निलम्बन समेत गरिएको प्रहरी प्रमुख शाहले जानकारी दिए । गत साउन ३२ गते प्रहरीले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरिएको जनाएको थियो ।

तर सार्वजनिक एक सीसी टिभी फुटेजमा अन्य व्यक्तिले मोटरसाइकलमा लागूऔषध राखेको देखिएपछि घटना ट्वीस्ट भएको थियो । यसबारे पत्रकार सम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गरेर घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १९:३५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology