Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दुध बेचेरै मासिक लाख भन्दा बढि कमाउछन् धादिङ मुरलीभञ्ज्याङ्गका कृष्ण नेपाली

दुध बेचेरै मासिक लाख भन्दा बढि कमाउछन् धादिङ मुरलीभञ्ज्याङ्गका कृष्ण नेपाली

इच्छाकामना न्युज

७, भाद्र २०७८
दुध बेचेरै मासिक लाख भन्दा बढि कमाउछन् धादिङ मुरलीभञ्ज्याङ्गका कृष्ण नेपाली

धादिङ, ७ भाद्र । धादिङ नीलकण्ठ नगरपालिका ९ साविकको मुरलीभञ्याङ सालबोटका कृष्ण नेपाली मासिक १ लाख भन्दा बढीको दुध बेच्ने गरेको बताउँछन् । बिहान बेलुका गरी दैनिक ५० लिटर दुध लिएर धादिङ डेरी सेन्टर पुग्ने उनको दुधको प्रति लिटिर मुल्य सरदर ८२ रुपैया आउँछ ।

images

तीनै तहका सरकार र किसानका लागि हकहितका लागि बनेको भनिका नीति नियम प्रति गुनासो गर्ने उनै नेपालीले यो महिना १,३३५ लिटर दुधको १ लाख ९ हजार ४७० बुझे ।

आफुले अहिले सम्म तीनै तहको सरकार र किसानको हितका लागि क्रिलयासिल भनियका डलरे संस्थाहरु कतैबाट पनि कुनै सहयोग अनुदान नपाएको बताउँदै उनले घरलु, कृषि कार्यालयमा कृषि औजारको निवेदन दिएको थिए पावर पुगेन र पाईन धादिङपोष्ट सँग गुनासो गर्दै बताए ।

अहिले हामी श्रीमान श्रीमती मिलेर ७ वटा भैसी र २ वटा गाई पालेका छौं । यो संख्या बढाएर ३० वटा बनाउने योजनामा छु । बर्षेनी करोडौं रुपैया किसानको लागि आएको सुन्छु त्यो कस्ले पायो हामीले त एउटा पराल टुक्र्याउने मेशिन सम्म पनि अनुदानमा पाउँदैनौं । प्रदेश सरकार र स्थानीय सरकारले प्रति लिटर २ रुपैया अनुदान दिने नीति पनि आफुहरु सम्म आईनपुगेको उनी गुनासो गर्दछन् ।

धादिङबेसीमा ५०० किसानको दैनिक २ हजार दुध संकलन गर्दै आएको धादिङ डेरी दुग्ध संकलन केन्द्रले अनुदानको लागि पहल गरेको तर सहकारीलाई मात्रै दिने नीति भएको बताए सँगै उनीहरु अन्यायमा परेका हुन् । धादिङबेसीमा दुध बेच्ने ७० प्रतिशद किसानहरु पायक पर्ने दुग्ध संकलन केन्द्र प्राईभेट दुग्ध संकलन केन्द्रमा आवद्ध छन् । धादिङमा पशुपती दुग्ध सहकारी र उज्यालो बहुद्धेश्यी सहकारीले दुध संकलन गर्ने गरे पनि अन्य सहकारीले दुध संकलन गर्ने गरेका छैनन् ।

यी दुई सहकारी टाढा पर्ने किसानहरु प्राईभेट संकलनमा जानु पर्ने वाध्यता हुँदा सरकारी अनुदानबाट बन्चित भएको किसानहरु बताउँछन् । यो विभेदकारी सरकारी नीति किसान मैत्री नभएको उनीहरु बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २०:३३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology