Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखामा एक युवाले पार्किङमा राखेको मोटरसाईकल जलाईदिए पछि....

गोरखामा एक युवाले पार्किङमा राखेको मोटरसाईकल जलाईदिए पछि....

इच्छाकामना न्युज

१०, भाद्र २०७८
गोरखामा एक युवाले पार्किङमा राखेको मोटरसाईकल जलाईदिए पछि....
images

गोरखा १०, भदौ । गोरखा बजार नजिकै एक माेटरसाइकलमा आगो लगाइएकाे छ । गोरखा नगरपालिका वडा नम्बर ५ काे पश्चिमकाली मन्दिर घुम्न गएका एक युवकले पार्किङ्गमा राखेकाे माेटरसाइकलमा आगो लगाइएकाे हाे । सदरमुकामबाट साे स्थान करिब २ किलाेमिटरकाे दुरीमा पर्छ ।

images
images

माेटरसाइकल पूर्ण रुपमा नष्ट भएकाे छ । घटना करिब सवा ४ बजे घटेकाे प्रहरीकाे भनाई छ ।

आगाे लागि नष्ट भएकाे लु २६ प ८७९८ नम्बरकाे माेटरसाइकल गोरखा नगरपालिका ५ मान्द्रेढुङ्गा घर भएका सन्देश पाण्डेकाे रहेकाे खुलेकाे छ । उनि सदरमुकामकाे शक्ती माविमा काेराेनाे बिरुद्धकाे खाेप लगाएर फर्किदै रहेकाे र पश्चिमकालीमा आरामका लागि बाइक पार्किङ्ग गरेर मन्दिर परिसरमा गएका बेला आगो लगाइएकाे बताइएकाे छ ।

घटनामा संलग्न भएकाे भन्दै साेही स्थानबाट प्रहरीले एक जनालाई पक्राउ समेत गरेकाे डिएसपी प्रकाश दाहालले सिभिलखबरलाई बताए । पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ ठिगुरेश्वाँरा घर भएका १९ बर्षिय अमृत कमर रहेकाे बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाई छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - २०:४१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology