Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कांग्रेसको १४ औं महाधिवेशनका लागि गोरखामा निर्वाचन अधिकृत खटायो

कांग्रेसको १४ औं महाधिवेशनका लागि गोरखामा निर्वाचन अधिकृत खटायो

इच्छाकामना न्युज

१२, भाद्र २०७८
कांग्रेसको १४ औं महाधिवेशनका लागि गोरखामा निर्वाचन अधिकृत खटायो

गोरखा, १२ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गोरखामा निर्वाचन अधिकृत खटिएका छन् । कांग्रेस केन्द्रिय निर्वाचन समितिले अधिबक्ता बेदकुमार महतलाई निर्वाचन अधिकृत तोकेको हो ।

images

महतले क्रियाशिल सदस्यको नाम सहितको सुची, केन्द्रिय समितिको निर्देशन अनुसार प्रकाशित गर्नेछन् । भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । २७ गते गाउँ तथा नगरपालिका, असोज १ गते प्रदेश निर्बाचन क्षेत्र, असोज १० गते जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनीक भएको छ ।

गोरखाको क्रियाशिल सदस्यको टुङ्गो लागिसकेकाले केन्द्रिय समितिबाट निर्णय परिर्वतन नभएको खण्डमा तोकिएकै समयमा निर्वाच हुने नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घलेले बताए ।

 

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १९:२०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology