Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना कहरः यो वर्ष पनि भएन आँबुखैरेनीमा कृष्णजन्माष्टमी मेला

कोरोना कहरः यो वर्ष पनि भएन आँबुखैरेनीमा कृष्णजन्माष्टमी मेला

इच्छाकामना न्युज

१४, भाद्र २०७८
कोरोना कहरः यो वर्ष पनि भएन आँबुखैरेनीमा कृष्णजन्माष्टमी मेला

आँबुखैरेनी, १४ भदौ । श्रीकृष्ण जन्माअष्टमीको बेलामा तनहुँको आँबुखैरेनी बजारमा वर्षौदेखि निरन्तर संचालन हुदै आएको कृष्णजन्माष्टमी मेला यस वर्ष पनि नहुने भएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण गत वर्षदेखि प्रशासनले निषेधाज्ञा लागु गरेर भिडभाड गर्न नदिएपछि यस वर्ष पनि आँबुखैरेनीमा कृष्णजन्माष्टमी मेला संचालन नहुने भएको हो।

images

कोरोना कहरका अघिल्लो वर्षदेखि आँबुखैरेनीमा वर्षौदेखि संचालन हुदै आएको मेला स्थागित भएको थियो। सोहि क्रममा यसवर्ष पनि आज परेको श्रीकृष्ण जन्माअष्टमी दिन जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर निषेधाज्ञा जारी राखेकोले मेला हुन सकेन।

पछिल्लो दुई दशक देखि आँबुखैरेनीमा व्यवस्थित रुपमा मेला आयोजना गर्दै आईरहेको आँबुखैरेनी साँस्कृतिक संरक्षण मंचले यस वर्ष पनि मेला स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना कहर सकिएर अवस्था सामान्यिकरण भएपछि मेलालाई निरन्तरता दिने मंचका अध्यक्ष भगवानदाश मल्लले जानकारी दिएको छ।

तस्वीर सौजन्यः अमिर श्रेष्ठ

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - ०८:००:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology