Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पाँचकिलोमा लेदो सहितको पहिरो जादा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

पाँचकिलोमा लेदो सहितको पहिरो जादा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

१८, भाद्र २०७८
पाँचकिलोमा लेदो सहितको पहिरो जादा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
images

मुग्लिन, १८ भदौ । अविरल वर्षासँगै झरेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। सो सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा आज विहान करिब ७ः १५ बजे सडकमाथिबाट लेदो सहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि निरन्तर भारी वर्षा भैरहेकोले अवरुद्ध सडक खुलाउने प्रयास भएपनि असहज भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

pahiro.jpg

यस्ता निरन्तर वर्षा भैरहेको कारण मुग्लिन–नारायणगढ सडकखण्डमा आधा दर्जन भन्दा बढि ठाउँमा साना ठुला पहिरो गएको प्रहरीले बताएको छ। यसैले सकेसम्म वैकल्पिक राजमार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०८:५६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology