आँबुखैरेनी, १८ भदौ । नेपाली कांग्रेस आँबुखैरेनी वडा नं. ३ को वडासभापतिमा मदन बहादुर खत्री निर्वाचित भएको छ। आज भएको नेपाली कांग्रेसको १४ औं वडा अधिवेशनबाट वडासभापतिमा खत्री निर्विरोध निर्वाचित भएको हो। अधिवेशनले सम्पूर्ण वडा समिति र क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित गरेको छ।
अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा वडा नं. ३ बाट प्रत्यक्ष तर्फ गिर बहादुर थापा, बाबुराम श्रेष्ठ, वंशीराम प्रधान केशवनाथ खनाल, राजकुमार श्रेष्ठ, ऋषि के.सी., एन्जिला कोइराला, बिमला कुँवर देवकोटा, कमला वि.क. निर्वाचित भएका छन्।
यस्तै जनजाती तर्फबाट क्षत्रीय प्रतिनिधीमा चिजा श्रेष्ठ, मञ्जु राना थापा, रत्नकुमार श्रेष्ठ, तुलनारायण श्रेष्ठ, दलित तर्फ डा. रुपक विश्वकर्मा घिमिरे, खसआर्य तर्फ किशोर के.सी., अपाङ्ग अल्पसंख्यकतर्फ दिनेश कार्की निर्वाचित भएका छन्।
यसैगरी वडा कार्यसमितिको उपसभापतिमा कुमार थापा मगर र रामकुमारी थापा, सचिवमा पविन अधिकारी, जनजातीबाट सचिव भिजन श्रेष्ठ, सह–सचिवमा शिशनराज त्रिपाठी, जनजातीबाट सह–सचिवमा राजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा भुगोल श्रेष्ठ, सदस्यहरुमा रमा श्रेष्ठ, विष्णु बहादुर के.सी., बेलुमाया थापा, खसआर्यबाट सदस्यमा नारायण कार्की, दलितबाट सदस्यमा राजेश परियार र जनजातीबाट सदस्यमा मिनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ।