Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

विगत ४ महिनादेखि बन्द मनकामना मन्दिर खोल्ने तयारी, सर्वसाधारणलाई बाहिरबाटै पूजा गर्न दिने

विगत ४ महिनादेखि बन्द मनकामना मन्दिर खोल्ने तयारी, सर्वसाधारणलाई बाहिरबाटै पूजा गर्न दिने

इच्छाकामना न्युज

१८, भाद्र २०७८
विगत ४ महिनादेखि बन्द मनकामना मन्दिर खोल्ने तयारी, सर्वसाधारणलाई बाहिरबाटै पूजा गर्न दिने
images

मनकामना, १८ भदौ । कोभिड –१९ का कारण बन्द भएको गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा भक्तजनहरुलाई बाहिरबाटै पुजाको व्यवस्था मिलाउने भएको छ ।

images
images

आज शहिदलखनगाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अचल बाबु थापाको अध्यक्षतामा मनकामना क्षेत्र विकास समिति, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई,पुजा व्यवस्थापन समिति,पुजारीहरु,राजनितिकदलका प्रतिनिधिहरुसहितको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्देशन बमोजिम पुजा समिति गठन गरि सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर बाहिरबाट पुजा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।

उक्त निर्णय सहितको जानकारी पत्र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई पठाइएको मन्दिरका मुल पुजारी इनसान थापाले जानकारी दिनुभयो ।

केन्द्रबाट आउने निर्णाय अनुसार गर्ने उहाँले बताउनुभयो । यस अघि आइतबारबाट मनकामना केबलकार सञ्चालन गर्ने मनकामना दर्शन प्रालिले निर्णय गरिसकेको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १९:४०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology