Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपाली कांग्रेसको वडाअधिवेशनः आँबुखैरेनी १ को वडा सभापतिमा किसान थापा निर्वाचित, दिपक वि.क. पराजित

नेपाली कांग्रेसको वडाअधिवेशनः आँबुखैरेनी १ को वडा सभापतिमा किसान थापा निर्वाचित, दिपक वि.क. पराजित

इच्छाकामना न्युज

१८, भाद्र २०७८
नेपाली कांग्रेसको वडाअधिवेशनः आँबुखैरेनी १ को वडा सभापतिमा किसान थापा निर्वाचित, दिपक वि.क. पराजित
images

सत्रसय, १८ भदौ । नेपाली कांग्रेस आँबुखैरेनी १ को वडा सभापतिमा किसान थापा निर्वाचित भएका छन्। उनले वडा सभापति पदका निकटम प्रतिद्वन्द्वी दिपक विश्वकर्मालाई १६ मतको अन्तरले पराजित गर्दै वडा सभापतिमा जित हासिल गरेका हुन्। 

images
images

क्षेत्रीय प्रतिनिधी र अन्य वडा पदाधिकारीमा निर्विरोध भएपनि वडा सभापतिमा २ जनाको उम्मेद्वारी परेकोले निर्वाचन भएको थियो। ७० जना क्रियासिल सदस्य रहेको वडा नं. १ को वडा सभापति पदमा भएको निर्वाचनमा ६४ मत खसेको थियो।

खसेको मत मध्य किसान थापाले ३८ मत पाए भने उनको निकटम प्रतिद्वन्द्वी दिपक विश्वकर्माले जम्मा २२ ल्याएको थिए। ४ मत भने बदर भएको थियो।

यस्तै वडासभापति बाहेक अन्य सम्पूर्ण पदमा निर्विरोध भएको छ। आजको भएको १४ औं वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधीमा उक्त वडाबाट खुला पुरुष सदस्यतर्फ विष्णु बहादुर पन्थ, भिष्मकान्त गौली, रामचन्द्र पण्डित, नवराज मिश्र, जितेन्द्र अधिकारी, विजु गुरुङ खुला महिला सदस्यतर्फ पुष्पादेवी श्रेष्ठ, तुलसीमाया पन्थ खत्री, पवित्रा गौली निर्वाचित भएका छन्।

समानुपातिक समावेशीबाट दलित तर्फ पवन नेपाली, खस आर्यतर्फ ऋषि अधिकारी, जनजातीतर्फ महिलामा नरमाया थापा र सीता थापा पुरुषमा महादेव राना र अनुप गुरुङ, अपाङ्ग मिक्सन गौली क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका छन्।

यसैगरी अधिवेशनबाट वडा उपसभापतीमा दुर्गा भट्टराई र सरिता कुमारी पन्थ सचिवमा सबिन वाग्ले र रामकाजी विक, सहसचिवमा तुल बहादुर मगर र लक्ष्मी नेपाली, कोषाध्यक्षमा प्रभात परियार लगायत निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - २१:४१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology