पुलजीप, १८ भदौ । नेपाली कांग्रेस आँबुखैरेनी ४ को वडा सभापतिमा टेक बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन्। आज भएको नेपाली कांग्रेसको १४ औं वडा अधिवेशनबाट वडासभापतिमा थापा सर्वसम्मत निर्वाचित भएको हो। अधिवेशनले सम्पूर्ण वडा समिति र क्षेत्रीय प्रतिनिधिहरुमा पनि सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा वडा नं. ४ बाट प्रत्यक्ष तर्फ मिलन भुजेल, लेप बहादुर आले, विजय गुरुङ, जय बहादुर गुरुङ, नेत्र गुरुङ, कनमाया थापा, बक बहादुर थापा, तारा गुरुङ, विरमाया गुरुङ, कल्पना गुरुङ, टक माया दमै, डन बहादुर गुरुङ, पृथ्वी बहादुर गुरुङ, श्रीमान थापा, होम बहादुर मगर र टेक बहादुर थापालाई निर्वाचित गरेका छन्।
यसैगरी वडा कार्यसमितिको उपसभापतिमा कुमारी सुनिता थापा मगर र सन्तोष गुरुङ, सचिवमा जय बहादुर गुरुङ र मेलीना थापा मगर, सह–सचिवमा दिनेश थापा मगर र मनमाया कामी, कोषाध्यक्षमा मिनशोभा गुरुङ, सदस्यहरुमा दोष बहादुर थापा, इन बहादुर गुरुङ, दिपक गुरुङ, भविलाल गुरुङ, श्याम थापा, आशिक भुजेल, बिक्रम गुरुङ, जुठे थापा मगर , पुतली मगर, तिल बहादुर मगर, बुद्ध गुरुङ, कल्पना गुरुङ, विवेक गुरुङ र विरमाया गुरुङ निर्विरोध निर्वाचित भएको छ।
यस्तै उदय आले, मौसम भुजेल, धन बहादुर सुनारी, खिल बहादुर थापा मगर, आईतराम भुजेल, बल बहादुर गुरुङ र राजकुमार आलेलाई वडासमितिमा मनोनित समेत गरेको छ।
अधिवेशन आँबुखैरेनी ४ का वडासभापति नेत्र गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने, तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङ विशिष्ट अतिथिको रुपमा रहेका थिए।